१० घण्टादेखि थुनिएको किम्रोङखोला बग्न थाल्यो
तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
पाेखरा | असोज २१, २०८०
तस्बिर: वडाध्यक्ष भरतमान गुरुङ
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोङखोलामा पहिरोका कारण करिब दश घण्टादेखि थुनिएपनि अहिले खुल्न थालेको छ ।
केही दिनयता लगातार परिरहेको अविरल वर्षाका कारण अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक किम्रोङखोलामा शनिबार राति पहिरो जाँदा खोला थुनिएर ताल बनेको थियो ।
ताल फुटेर बाढी आउने सम्भावना भएपनि अहिले बिस्तारै खोला बग्न थालेको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले बताए ।
उनले खोला बग्न थालेकाले टटिए क्षेत्रमा सावधानी अपनाउन आग्रह गरे ।
‘किम्रोङखोलामा गएराति गएको पहिरोले खोला थुनिएको भन्दै सूचना आएको थियो, पहिरोले खोला थुनिदा एक्कासी पहिरोबाट पानी बग्दा बाढीको जोखिम थियो’, वडाध्यक्ष गुरुङले भने, ‘अहिले पहिरोले थुनिएको खोलामा बिस्तारे पानी बहाव बढ्न थालेको छ, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिराखेका छौं ।’
पहिरोले थुनिएको खोलामा बिस्तारै पानीको बहाव बढीरहेकाले अन्नपूर्ण गाउँपालिका ११, १०, ८ र ७ मोदी खोला किनारामा बस्ने स्थानीयहरुले सावधानी अपनाउन अन्नपूर्ण गाउँपालिकाले आग्रह गरेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

