अनलाइन बेटिङबाट २४ करोडको कारोबार गरेको आरोपमा युवक पक्राउ

काठमाडाैं | असोज १९, २०८०

अनलाइन बेटिङबाट २४ करोडको कारोबार गरेको आरोपमा युवक पक्राउ

अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। 

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका-१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।

 

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ। वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ। 


उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ। 

 

नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्‍दै प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ। 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्