गाेली लागेर घाइते भएकी शर्मीलाको उपचारका क्रममा ज्यान गयाे
काठमाडाैं | असोज १९, २०८०
सांकेतिक तस्बिर
काठमाण्डौ: काठमाण्डौको महाराजगञ्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीवार हिजो ज्यान गएको हो ।
यही असोज १० गते काठमाण्डौ महानगरपालिका–४ पञ्चकन्यामा रहेको आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
मृतक चौधरी नौ दिन अघि उहाँका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उहाँको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।
लक्ष्मण चौधरी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहनुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

