सुत्केरी व्यथाले थलिएको १७ घन्टापछि हेलिकोप्टरबाट उद्धार गरियो राजकलालाई

काठमाडाैं | असोज १८, २०८०

सुत्केरी व्यथाले थलिएको १७ घन्टापछि हेलिकोप्टरबाट उद्धार गरियो राजकलालाई तस्बिर रासस

हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर  थला परेकी महिलालाई १७ घन्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

 

व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल ९पाण्डे०लाई हेलिकोप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्‍याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हंशबहादुर महताराले बताए।

 

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो। पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो।

 


व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको जटिलस्थिति  ९ब्रिज प्रिजेन्टेसन० भएकाले बुधबार नै रेफर गरिएपनि यातायातका साधनको अभावमा विहीबार बिहान मात्र सुर्खेत पुर्‍याइएको महताराले बताए।

 


पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ।  

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्