गौशालामा हतियार प्रहार घटनामा एक जना पक्राउ

काठमाडाैं | असोज १६, २०८०

गौशालामा हतियार प्रहार घटनामा एक जना पक्राउ

काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेको घटनामा एक जना पक्राउ परेका छन्। 

 

सोमबार बिहान पौने १२ बजे काठमाडौं महानगरपालिका-९ बागमती करिडोरको तिलगंगामा बारा कलैया उपमहानगरपालिका(२१ घर भई कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार भएको थियो। 

 

उनीमाथि हतियार प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सिकिल देव सहनी छन्।

 

घटनास्थलबाट प्रहरीले एउटा कटुवा पेस्तोल र चक्कु बरामद गरेको थियो। हुसेनमाथि चक्कु प्रहार गरी सहनी फरार भएका थिए। सहनीसँगै अर्का व्यक्ति पनि घटनामा संलग्न भएको प्रहरीको आशंका छ। तर ती व्यक्ति पक्राउ परिसकेका छैनन्।

 

सुरूमा हुसेनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो। थप उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उनी अहिले खतरामुक्त भएको एसपी ढुंगेलले बताए। 
 


 

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

थप पढ्नुहोस्

पोखरा:   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...

थप पढ्नुहोस्

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्