प्रतिकुल मौसमका कारण उडान रोकिँदा एमाले गण्डकी प्रदेशको उद्घाटन समारोह रोकियो
पाेखरा | असोज १५, २०८०
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोह प्रतिकुल मौसमका कारण केही समय रोकिएको छ ।
गण्डकी प्रदेशको प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसम कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको हो ।
नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यले प्रतिकुल मौसमका कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको बताए । उनले पार्टी अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकुल मौसमका कारण उडान रोकिदा केही समय ढिलाई भएको बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा आएका पार्टीका नेता कार्यकतालाई भुलाउन सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाएको छ ।
अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको छन् । यस्तै पोखरामा अधिवेशनका लागि आएका प्रतिनिधि राख्न एमालेले २१ वटा होटल बुक गरेको छ ।
यस्तै नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने प्रदेशका उपसचिव एवम् प्रचारप्रचार उपसमिति संयोजक आचार्यले बताए ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

