वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

विरगञ्ज | असोज १२, २०८०

वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।

 

आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो ।

 

यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैदीबन्दीलाई लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो । वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरीसहित १४ जना घाइते भएका थिए । वीरगञ्जको सुधार गृहमा एक सय २६ जना राखिएका छन् ।

 

बाल गृहमा कारागार चलान गर्नुपर्ने फैसला भएका १८ वर्षमुनिका व्यक्तिलाई राख्ने व्यवस्था छ । तर बाल सुधार गृहमा लगिसकेपछि १८ वर्ष पूरा हुँदा पनि अन्यत्र लैजाने कानुन नहुँदा २५–२६ वर्षका व्यक्तिसमेत बाल सुधार गृहमा भेटिएका छन् ।

 

मानव अधिकारकर्मीहरूको टोलीले बाल सुधार गृहमा अनुगमन गर्दा बाल सुधार गृह यातना गृहजस्तो हुनु, सुधार गृहमा हुनुपर्ने आधारभूत सुविधा नहुनु, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु, १८ वर्ष पूरा भइसकेका पनि सुधार गृहमै रहने लगायतका कारणले समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ । गएको भदौदेखि देशका विभिन्न बाल सुधार गृहमा समस्या आइरहेको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्