जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
काठमाडाैं | असोज १२, २०८०

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कावा अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने गरी जिम्मेवारी तोकेको सो दलले जनाएको छ । यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...