नवलपरासीमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

काठमाडाैं | असोज १२, २०८०

नवलपरासीमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे सांकेतिक तस्बिर

नवलपरासी: नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवको ज्यान गएको हो । 

 

उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

 

करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँको उपचारका क्रममा ज्यानगएको हो । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्