छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ?

पाेखरा | असोज १०, २०८०

छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ?

पोखरा: लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको पोखरा मणिपाल शिक्षण अस्पतालमा मृत्युभएपछि उनकी छोरी तिलालाई चैन छैन ।

 

उनले आमाको रहस्यमय मृत्यु भएको भन्दै मृत्यु हुनुको कारण खोजिरहेकी छिन् । आफन्तको सहारामा दुरा परिवारले पोखराको मुख्य चोक नै बन्द गरेर न्याय खोजीरहेकाे छ।
 

इमेर्जेन्जीमा भर्ना गरिएको सुकमायाको अर्काेदिन मृत्यु भएपछि डाक्टरको चरम लापरबाहीकै कारण मृत्यु भएको दुरा परिवारको दाबी छ ।

 

(सुकमायाकी छोरी तिला दुरा) 

 

सुकमायाको मृत्युको कारण खोजेपछि मणिपाल अस्पतालमा तनावग्रस्त भएको थियो ।

 

सो घटनामा डाक्टरलाई हातपात गरेको आरोपमा तिलाकी दाई विनय गुरुङलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । दुरा परिवारले पटक पटक वार्ता बस्दापनि निष्कर्ष नआएपछि आज महेन्द्रपुल र लखनचोकमा केही समय चक्का जाम गरेको थियो । 

 

दुरा परिवारको मुख्यत: ४ माग छन् । ‘मेरो आमालाई इमर्जेन्जीमा लगेदेखि सिपिआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन) दिदाँसम्मको प्रकृयागत प्रमाण दिनुपर्छ । हिरासतमा रहेको विनय दाईलाई रिहा गर्नुपर्छ । उचारमा भएको डाक्टर, नर्स सबैले स्पष्टिकरण दिनुपर्छ र अस्पताल प्रशासनको गल्ती छ भने माफी माग्नुपर्छ,’ मृतक सुकमायाकी छोरी तिला दुराले सुनगाभा न्यूजसँग भनिन् ।

 

उनले आफ्नो आमालाई इन्टर्न गर्ने डाक्टरले सिपिआर दिएको गुनासो गर्दै आपत्ति जनाइन् । ‘इन्टर्न गरेको डाक्टरले सिपिआर दिन मिल्छ, ‘त्यस्तो क्रिटिकल सिचुयसन भएको भए इन्टर्न गरेको डाक्टरले सिपिआर दिन कस्ले लगायो हामीलाई जवाफ चाहिन्छ,’ उनले भनिन् ।

 

उनले आफ्नो आमाको मृत्युपछाडीको सम्पूर्ण प्रमाण पेश गरेको खण्डमा मात्र आन्दोलनलाई रोक्ने बताइन्  ।

 

यो पनि पढ्नुहोस​

 

यता पोखरेली चिकित्सकहरु भने असुरक्षित भएको बताउदै अनिश्चितकालिन आन्दोलनमा छन् ।
 

(सुकमायाको उपचारका खटिएका डाक्टर)

मणिपाल शिक्षण अस्पताल लगायतका विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरे ।

 

कोण सभालाई सम्बोधन गर्दै स्वास्थ्यकर्मी अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे । उनीहरुले अस्पताल  जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिकरण हुनु अन्यायपूर्ण भएकाले विभिन्न ऐजेण्डासहित आन्दोलनमा उत्रिनुपरेको बताएका थिए ।
 

उनीहरुले र्‍यालीमा चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ अब’ लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए । 

 

लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो । 

अहिले चिकित्सकमाथि आक्रमण भएको भन्दै पोखराका अस्पतालहरुले आकष्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् । 

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताउनुभएको छ ।   नारायणी नदीमाथि निर्माण हुने &ls...

थप पढ्नुहोस्

पोखरा:    टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ ।  टाइगर ग्रुप...

थप पढ्नुहोस्

गोरखा:   जिल्लाको नारेश्वरमा मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे भएको छ ।   गोरखा नगरपालिका –५ माने पानी स्वाँरा देखि वडा नम्बर ३ नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने  १० किलोम...

थप पढ्नुहोस्