एमाले गण्डकी प्रदेश अधिवेशनमा पोखराबाट तीन पत्रकारसहित ७५ जना प्रतिनिधि चयन
पाेखरा | असोज १०, २०८०

पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको पोखरामा हुने प्रथम अधिवेशनमा सहभागी हुन पोखराबाट तीन पत्रकारसहित ७५ जना प्रतिनिधि चयन भएका छन् ।
पोखरामा आगामी असोज १५ र १६ गते हुने प्रथम अधिवेशनमा पोखरा महानगरपालिकाबाट ७५ जना प्रतिनिधिमध्ये पत्रकार रुद्र श्रीस, अर्जुन गिरी र सुस्मा पौडेल सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।
पोखरा महानगरपालिकाबाट खुल्ला तर्फ ४३ जना, युवातर्फ ७, महिला खुल्लातर्फ २५ र युवा महिला प्रतिनिधितर्फ ४ जना सर्वसम्मत चयन भएका हुन् ।
मुस्ताङ: मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । ...
ढोरपाटन: बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरता...
काठमाडौं: आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओ...