ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार हुलाकका कर्मचारीको मृत्यु
मोरङ | असोज ९, २०८०

मंगलबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोरङ कहटरीमा एक जना कर्मचारीको मृत्यु भएको छ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार हुलाकमा काम गर्ने एक जना कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो।
पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ वर्षीय चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।
विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...