नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडाैं | असोज ८, २०८०

नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं:  साफ यू–१९ च्याम्पियनसिपमा घरेलु टोली नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।


समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे । नेपालले १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । यस प्रतियोगितामा पहिलो पटक सुरुवात–११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए ।


नेपालले १७ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु–पासमा समीर तामाङले गोल गरेका थिए ।


३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०–१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो ।


दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए ।


दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले अग्रता बढाउने मौका प्राप्त गर्यो । लक्समको पासमा समिर तामाङले वान भर्सेस वान अवसर खेरा फालेका थिए ।


५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्कायो । अहमद नजिरको क्रसमा आदम रशिदले गोल गर्दै माल्दिभ्सले नेपालको अग्रता एक गोलमा घटाएको थियो ।


७९औं मिनेटमा माल्दिभ्सले खेल बराबरी गर्ने सुनौलो अवसर खेरा फाल्यो। शहान रशिदको पासमा मोहम्मद फाजिनले पनि वान भर्सेस वान अवसरमा गोल गर्न सकेनन् । नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।


नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । भारत र भुटान बीच समूह विजेता बन्न ५: ३० मा खेल हुँदैछ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्