काठमाडौं महानगरले सबै मान्छेको समस्या समाधान गर्न सक्दैनः उपमेयर डंगोल
काठमाडाैं | असोज ८, २०८०
फाइल तस्बिर
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमेयर डंगोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले एउटै नीति बनाउनुपर्ने बताएकी हुन् । ‘यो महानगरपालिकाको मात्र नभइ सबै प्रमुख शहरहरूको समस्या हो। यसमा केन्द्र सरकारले नै एउटै नीति ल्याउनुपर्छ। काठमाडौं महानगरपालिकाले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन,’ उनले भनिन्।
उनले फुटपाथको समस्या समाधान गर्न महानगरलाई कसैको दबाव आवश्यक नरहेको पनि बताएकी छन्। फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः एक सातादेखि महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ।
ईः ले उठाएको मागको सम्बोधन गर्नु हुन्छ कि हुन्न भन्ने प्रश्नमा उपमेयर डंगोलले भनिन्, ‘ईः ले कसैले दबाब दिन पर्दैन। कार्यपालिकाको निर्णयअनुसार काम भइरहेको छ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

