काठमाडौं महानगरले सबै मान्छेको समस्या समाधान गर्न सक्दैनः उपमेयर डंगोल
काठमाडाैं | असोज ८, २०८०

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमेयर डंगोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले एउटै नीति बनाउनुपर्ने बताएकी हुन् । ‘यो महानगरपालिकाको मात्र नभइ सबै प्रमुख शहरहरूको समस्या हो। यसमा केन्द्र सरकारले नै एउटै नीति ल्याउनुपर्छ। काठमाडौं महानगरपालिकाले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन,’ उनले भनिन्।
उनले फुटपाथको समस्या समाधान गर्न महानगरलाई कसैको दबाव आवश्यक नरहेको पनि बताएकी छन्। फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः एक सातादेखि महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ।
ईः ले उठाएको मागको सम्बोधन गर्नु हुन्छ कि हुन्न भन्ने प्रश्नमा उपमेयर डंगोलले भनिन्, ‘ईः ले कसैले दबाब दिन पर्दैन। कार्यपालिकाको निर्णयअनुसार काम भइरहेको छ।’
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअन...
पोखरा: पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम साउन १८ गतेदेखि २३ गतेस...
मकवानपुर: नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२...