वीरगञ्जमा आज सद्भाव र्‍याली, आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति

काठमाडाैं | असोज ८, २०८०

वीरगञ्जमा आज सद्भाव र्‍याली, आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति

पर्साको वीरगञ्जमा आज धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा बिहान ११ बजे सद्भाव र्‍याली निकाल्ने तयारी भएको हो । वीरगञ्जको आदर्शनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव र्‍याली निकाल्ने महानगरपालिकाले जनाएको छ ।

 

यसैबीच हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति भएको छ । धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।

 

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवम् सामुदायिक प्रकारको र्‍याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

 

मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि आपसी सद्भाव कायम राख्न सबै पक्षले अनुरोध गर्दै आएका छन् ।

 

गएको बिहीवार मूर्ति विसर्जनको क्रममा दुई पक्षबीच झडप भएपछि मलङ्गवामा लगाइएको अनिश्चितकालीन कर्फ्यु कायमै छ ।  

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्