हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ
हेटौंडा | असोज ५, २०८०
हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्। उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार यसअघि भदौ २८ गते चार जना र दुई दिनअघि एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिइसकिएको छ। पक्राउ पर्नेमा लामासहित ६ जना पुगेका छन्।
हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

