हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

हेटौंडा | असोज ५, २०८०

हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने  थप एक जना पक्राउ परेका छन्। 

 

पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्। उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सीताराम रिजालले जानकारी दिए। 

 

उनका अनुसार यसअघि भदौ २८ गते चार जना र दुई दिनअघि एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिइसकिएको छ। पक्राउ पर्नेमा लामासहित ६ जना पुगेका छन्। 

 

हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो। 

 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

थप पढ्नुहोस्