लामाचौर भलिबल कप: महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई

पाेखरा | असोज १, २०८०

लामाचौर भलिबल कप: महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई

पोखरा:   नेपाल पुलिस क्लबले उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । हजारौं दर्शक माझ पोखराको लामाचौरमा सोमबार सम्पन्न भएको फाइनल खेलमा विभागिय टोली पुलिसले चिरपरिचित प्रतिद्धोन्दी चन्द्रगिरी नगरपालीका न्यू डायमण्ड युथ स्पोटेर्स क्लवलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । 


पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पोल्टामा पा¥यो । पुलिसले डायमण्ड माथि १८-२५, २५-२२,२५-१४ र २५-२० को सेटमा पराजित गरेको हो । पुलिसले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भयो । उपविजेता भएको डायमण्डले १ लाख रुपैैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।


यस अघि लिग चरणको खेलमा पुलिसले अर्को विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजित गरेको थियो । ४ टिम सहभागि खेलमा पुलिसले आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भयो । पुलिसको कुल ३ खेलबाट कुल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो भने डायमण्ड ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । एपिएफको चार तथा एभरेष्ट भलिबल क्लब अंकविहिन भएको छ । 


त्यसै गरी पुरुष तर्फ घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको छ । पुलिसले पहिलो सेट २५—१९ आफ्नो पोल्टामा पार्दा दोश्रो सेट गण्डकीले २५—२२ मा आफ्नो पक्षमा पारेको थियो । स्थागित भएको खेल मंगलबार बिहान पुनः ९ः०० बजे पछि हुने भएको छ ।


नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा पुरुष तर्फ ५ टिमको सहभागिता रहेको समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनु भयो । हरितालिका तिज पर्वको अवसरमा सोमबार बिहान लिग त्यस पछि फाइनल खेल भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सव भएको हो । पुरुष तर्फ गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबारनै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले पराजित गरेको थियो । एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक संकलन गर्दा मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक प्राप्त गर्यो ।


गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भएको छ ।यसपाली राष्ट्रिय खेलाडीहरु सहभागि नहुँदा पनि उक्त प्रतियोगितामा दर्शकको भने निकै उत्साहजन रुपमा सहभागिता रहेको थियो । पोखराको लामाचौर तीज महोत्सवको अवसरमा आयोजित राष्ट्रिय भलिवल कप अवलोकन गर्न दर्शकहरुको फाइनलको दिनमा निकै भिड भएर बिचमै टिकट बन्द गर्नु परेको थियो । महिला तर्फको फाइनल खेल पुलिस बिरुद्ध न्यू डायमण्ड बिचको खेल सुरु भएको केही समयमै टिकट बन्द गर्नु परेको थियो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्