वैकल्पिक माध्यमबाट बेँसीशहर–चामे सडक सञ्चालन

काठमाडाैं | असार ६, २०७९

वैकल्पिक माध्यमबाट बेँसीशहर–चामे सडक सञ्चालन सांकेतिक तस्बिर


काठमाण्डौँ :      शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले आइतबार बिहानदेखि अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालन भएको छ । बेँसीशहर नगरपालिका–६ खरखरेमा अवरुद्ध बनाएपछि वैकल्पिक सडक बेँसीशहर बाझाखेत खुदी सडकको प्रयोग गरी आज बिहान ११ बजेतिर सवारी आवतजावत भइरहेको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो । 

    

उहाँले भन्नुभयो, “खरखरेमा गएको ठूला पहिराका कारण सो स्थानमा तत्काल सडक खुलाउन सम्भव नभएपछि वैकल्पिक बाटोबाट सवारी साधन सञ्चालन गर्न लगाएका छौँ । ”    वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको एस्काभेटरले मिलाउँदै सवारी सञ्चालन भइरहेको उहाँको भनाइ छ । 


    

यसखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाको खुदी, भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भए पनि खरखरेबाहेक अन्य स्थानको अवरोध भने हटिसकेको छ । आइतबार बिहानदेखि रोकिएका यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् । हाल वैकल्पिक बाटो प्रयोग गरेर सञ्चालन भए तापनि अविरल वर्षा भइरहेमा बेँसीशहर चामे सडकको विभिन्न स्थानमासमेत अवरुद्ध हुनसक्ने सम्भावना रहेको छ ।

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्