लामाचौर कपमा गण्डकीको विजयी सुरुवात
पाेखरा | भदौ २९, २०८०
Photo: Sabin GC
पोखरा: पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४-२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो ।
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ । अहिले मणिमुकुन्द भलिबल क्लब बुटवल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।
उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।
पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ ।
यस्तै महिला भलिबलतर्फ सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।
‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

