रोटरी क्लब अफ गण्डकीको हरितालिकासँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम
पाेखरा | भदौ २८, २०८०
पोखराः रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खाने कार्यक्रमसँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक सेवामा क्रियाशिल रहेको रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्दै इनरह्वील सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
इनरह्वीलले तीनवटा उद्धेश्यलाई आत्मसाथ गर्दे , ‘इनरह्वीलले साँचो मित्रतालाई प्रवद्र्धन गर्ने, व्यक्तिगत सेवा र क्षमता विकासको आदर्शलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय समझदारी र भाइचाराको विकासलाई बढावा दिदैं आएको छ ।
इनरह्वील आन्दोलनका संस्थापक श्रीमती मार्गरेट गोल्डिङ, एक नर्स व्यवसायी महिला र म्यानचेस्टरकी पत्नी रोटेरियन, इनरह्वीलले आन्दोलन सुरु गरेका थिए ।

इनरह्वीलको औपचारिक स्थापना इनरह्वील क्लब अफ म्यानचेस्टर १० जनवरी १९२४ मा सम्पन्न भएको थियो ।
अहिले १० जनवरीलाई विश्वभरका क्लबहरुले विश्व इनरह्वील दिवसका रुपमा मनाउँदै आएका छन् । रोटरी क्लबका सदस्यहरुका स्पाउस र नर्स पेशामा आवद्ध महिलाहरु द्धारा गठन गरिएको यस क्लबमा हाल १८ वर्ष उमेर पुगेका सबै महिलाहरु यस क्लबको सदस्यता लिन सक्ने इनरह्वील क्लब अफ गण्डकीका संयोजक शकुन्तला श्रेष्ठले जानकारी गराइन् ।
इनरह्वील क्लव गठन संगै रोटरीले स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवा गर्ने आर्दशलाई थप टेवा पुग्ने रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारे बताए । हाल संसार भर १०२ मुलुकमा १ लाखभन्दा बढि सदस्यहरु यस क्लबमा आवद्ध रहेका छन । यो संसारकै ठुलो अन्तर्राष्ट्रिय महिलाहरुको संस्था हो यस इनरह्वील क्लबले संयुक्त राष्ट्र संघमा समेत प्रतिनिधित्व गर्ने गर्दछ ।
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

