भन्सार छलेर ल्याएको सुनसहित तीन जना पक्राउ
काठमाडाैं | भदौ २७, २०८०
काठमाण्डौ: भन्सार छली लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिमालयन एअरलाइन्समार्फ दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छली अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाण्डौ महानगरपलिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाइछिपाइ राखेको अवस्थामा त्यो परिमाणको सुनसहित तत्काल फेला पारेर पक्राउ गरेको थियो ।
यसैगरी यस विषयमा थप सोधुपछ एवम् अनुसन्धानका क्रममा जगत लामा र मिङमा दोर्जे स्यान्तानलाई काठमाण्डौ महानगरपालिका–१५ ढल्कुबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले प्रयोग गरेको बाग्मती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बाग्मती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरन पठाएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

