मिस मगर नेपाल सिजन ६ को आवेदन खुल्ला
पाेखरा | भदौ २७, २०८०
पोखरा: मिस मगर नेपाल–२०२३ सिजन ६ का लागि आवेदन आह्वान गरिएको छ । एस.टी क्रियशन म्यानेजमेन्ट प्रा.लि को आयोजनामा हुन लागेको मिस मगर नेपालको नयाँ सिजनका लागि आवेदन माग गरिएको हो ।
“मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन् २०११ देखि सुरु भएको मिस मगर नेपालको नयाँ सिजनमा सहभागी हुन १७ वर्ष देखि २५ वर्ष उमेर भएका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । आवेदन मागसँगै मिस मगर नेपाल–२०२३ का प्रतियोगीहरूका लागि यही भदौको अन्तिम साता देखि प्रशिक्षण सूरुहुने कार्यक्रम निर्देशक सुरज थापामगरले जानकारी दिनुभयो ।
नेपाल मगर संघ, कास्कीको आयोजना एवं रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा सन २०११ देखि सुरु भएको मिस मगरमा सहभागिताका लागि देशभरिका मगर समुदायका युवतीहरूलाई आह्वान गरिएको उहाँले बताउनुभयो ।
पहिलो मिस मगर पोखरा-२०११ अन्नु थापामगर हाल अष्ट्रेलियामा रहेकी छिन् । मिस मगर पोखरा–२०१२ रञ्जना थापामगर हाल सिंगापुरमा रहेकी छिन् भने मिस मगर नेपाल–२०१४ उषा पाइजामगर हाल काठमाडौंमा छिन् । त्यसैगरी, मिस मगर नेपाल–२०१९ सनम गर्बुजामगर र मिस मगर नेपाल–२०२२ मिलन थापामगर पोखरामा व्यवसाय र मोडलिङ एवं अभिनय क्षेत्रमा क्रियाशील रहेका छन् ।
मिस मगर नेपालको संरक्षकमा नेपाल मगर संघ, केन्द्रीय समिति, जिल्ला समन्वय समिति, कास्की र नेपाल मगर महिला संघ, केन्द्रीय समिति रहेका छन् ।
मिस मगर नेपाल–२०२३ को आवेदन अवधि सकिएलगत्तै तालिम सञ्चालन हुने र त्यसपछि ग्राण्ड फिनालेको मिति तय गरिने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले जानकारी दिनुभयो ।
मिस मगर नेपालका प्रतियोगीहरूलाई प्रशिक्षण अवधिमा सौन्दर्यकला, भाषा, भेषभुषा, संस्कार, संस्कृति, नेतृत्व विकास तथा व्यक्तित्व विकासबारे प्रशिक्षण गराइने छ । मिस मगर नेपाल २०२३ का बिजेताहरुले उपाधिको क्राउन र अवार्ड सहित बिदेश भ्रमण तथा नगद पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

