क्रियाशील महिला विकास कृषि सहकारी संस्थाको ११ औं साधरणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

पाेखरा | भदौ २४, २०८०

क्रियाशील महिला विकास कृषि सहकारी संस्थाको ११ औं साधरणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको क्रियाशील महिला विकास कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा बोल्दै पोखरा ७ का महिला वडा सदस्य बसुन्धरा लामिछानेले सहकारीलाई आयआर्जन र उत्पादनमा जोड्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले ऋण लगाने गर्दा सचेत भएर सुजबुझ ढङ्गले गर्नु पर्ने बताउदै यसमा संचालक समिति थप संवेदनशीलहुनु पर्ने बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्न वडा कार्यलय र सिङ्गो पोखरा महानगर नै लागेको बताउदै सहकारीमा आवद्घ सबै सदस्य सक्रिय हुन आग्रह गर्नुभयो ।

 

वडा सदस्य अर्जुन थापाले पोखरा वडा नं।७ मा भएका सहकारी संग सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्ने कोसिस भइ रहेको बताउदै कतिपय नितिगत समस्याका कारण समस्या परेको बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष शारदा गिरीले महिला दिदी बहिनीको क्षमता विकास र आर्थिक सवलिकरणका लागि संस्था जन्मिएको बताउदै सबै शेयर सदस्यलाई सक्रिय हुन आग्रह गर्नुभयो । तिजको शुभकामना दिदै उहाँले दिदि वहिनीहरुलाई आर्य आर्जनमा जोडिन आग्रह गर्नुभयो ।

 

सहकारीका सल्लाहकार शशिकला बरालले महिलाहरुले आत्मानिर्भर हुदै उद्यमी बन्नुपर्ने बताउदै एकले सिकेका कुरा अरुलाई सिकाउने भावना जागृत गराउनु पर्ने विचार राख्नुभयो । महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले सहकारी भनेकै सहकार्य भएकाले महिला दिदि बहिनीहरुको सहकारी उदारणीय हुनुपर्ने बताउनु भयो । उहाँले सबैलाई आफ्नो गक्ष अनुसार समाज नभड्कने किसिमले तिज मनाउन आग्रह गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा वडा सदस्य सुनिता सुनार , महिला क्लब पोखराका अध्यक्ष मिना बराल आचार्य , रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारी लगाएतले शुभकामना दिनुभयो ।

 

संस्थाको अर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी बराल र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन लेखा समिति संयोजक सृजना सापकोटा बरालले प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष मनमाया पौडेल बरालको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला भट्ट र संचालन सचिव सावित्री तिम्सिना बरालले गर्नभयो । 

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

थप पढ्नुहोस्

काठमाडौं:   संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...

थप पढ्नुहोस्