छोरीसहित पुम्दीभुम्दीकी उमा २ महिनादेखि बेपत्ता
पाेखरा | भदौ २२, २०८०
पोखरा: पोखरामा छोरीसहित एक युवती सम्पर्कविहीन भएकी छिन् ।
कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल र उनकी ५ वर्षीया छोरी ऋषिका करिब २ महिनादेखि सम्पर्कबिहीन छिन् ।
उमा गत असार २८ गते छोरी ऋषिकालाई लिएर घरबाट निस्किएकी थिइन् ।

तर अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्न कास्की प्रहरीकहाँ परिवार पुगेको थियो ।
अहिले कास्की प्रहरीले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै देख्ने वा फेला पार्ने जोकोहीले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
बेपत्ता उमा गोरो वर्णकी, पाँच फिट उचाइ, देब्रे भागमा काटेको खत रहेको र हराउँदाको बखत सेतो कुर्ता, कालो पाइन्ट तथा छोरी ऋषिकाले पहेँलो जामा लगाएको प्रहरीले जनाएको छ ।
उनको हुलिया मिलेको अवस्थामा निगरानी गर्न तथा लुगा फेरेको भए पनि अन्य हुलियाको आधारमा उनको पहिचान गरी फेला परेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

