ढल्के जोवान कपमा ‘गार्डेन एफसी च्याम्पियन’

पाेखरा | भदौ १७, २०८०

ढल्के जोवान कपमा ‘गार्डेन एफसी च्याम्पियन’

पोखरा:  पोखरामा सम्पन्न पहिलो संस्करणको ढल्के जोवान ३५ प्लस भेट्रान्स ​सिक्स ए साइड फुटसल प्रतियोगितामा गार्डेन एफसी च्याम्पियन भएको छ ।

 

पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा फङ्की बिन्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै गार्डेन च्याम्पियन बनेको हो ।

 

गार्डेनको जीतमा सन्तोष कार्कीले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोलको याेगदान दिएका थिए । गार्डेनको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।

 

प्रतियोगिताको उपाधि जितेको गार्डेन एपफसीले नगद रु ५१ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्याे ।

 

यस्तै  उपविजेता बनेको फङ्की बिन्सलाई नगद रु ३१ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका संस्थापक गोविन थापाले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगिताबाट गार्डेन एफसीका विकास गुरुङ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए भने सोही टिमकै विकास गुरुङ प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

 

प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गरेको गण्डकी स्पोर्टसले फेयर प्ले ट्रफी प्राप्त गर्याे । 

 

विजेता उपविजेता टिमका खेलाडीहरुलाई पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
 

फुटबलर गोविन थापाले आयोजना गरेको सो प्रतियोगिताको प्रथम पुरस्कार मोना एफसी हङकङले र दोस्रो पुरस्कार इलाइट मुआ थाइले प्रायोजन गरेको थियो ।
 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्