पोखरा भ्यू पोइन्टमा ‘भेडिखर्क फुटबल कप’ हुने
पाेखरा | भदौ १६, २०८०
पोखरा: हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका २२ स्थित भ्यू पोइन्टमा ‘प्रथम भेडिखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।
स्थानीय क्लब भ्यू पोइन्ट कलबले ‘खेल स्वास्थ्यका लागि, स्वस्थ्य युवा देशका लागि’ भन्ने नारासहित आगामी अजोज १–३ गतेसम्म भेडिखर्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विश्वराज बास्तोलाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार हात पार्नेछ भने प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...
पोखरा: नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा त...

