२२ औं आहा! रारा गोल्डकपबाट सवा ३ लाख बचत
पाेखरा | भदौ १२, २०८०
पोखरा: पोखराको प्रतिष्ठित सहारा क्लबले गत वर्षको पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) गत वर्ष सम्पन्न २२ औं आहा ! रारा पोखरा गोल्डकप २०७९, फूटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।
क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले सो प्रतियोगिताबाट कुल ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको बताए ।
उनका अनुसार प्रतियोगितामा प्रवेश शुल्क (टिकट) बाट १७ लाख ८६ हजार ९ सय ३० रुपैयाँसहित कुल आम्दानी ९४ लाख ६५ हजार ६ सय २६ रुपैयाँ भएको थियो भने खर्च ९१ लाख ४६ हजार ९ सय ६९ भएको थियो ।
कुल १० टिमको प्रतिस्पर्धा रहेको सो प्रतियोगिताको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो ।
सहारा क्लबले ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने नारासहित क्लबद्वारा सञ्चालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई सहयोग गर्दै आएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

