कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडाैं | भदौ ६, २०८०
काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आज बुधवार सर्वोच्च अदालतमा दर्ता गराउनुभएको छ ।
सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दिनुभएको हो । सर्वोच्चले कार्कीको रिट दर्ता गरेर भोलि बिहीवारका लागि पेसी तोकेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदा सभाध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मतदान गर्नुभएको थियो । कार्कीले थापाले लिएको विश्वासको मत असंवैधानिक रहेकोले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश पनि माग्नुभएको छ ।
कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

