थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक अबको एकतर्फी खुल्ने

काठमाडाैं | भदौ ५, २०८०

थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक अबको एकतर्फी खुल्ने फाइल तस्बिर

काठमाण्डौ: पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड १२ घण्टादेखि ठप्प छ । चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक हिजो बेलुका ८ बजे पहिरो खसेको हो ।

 

पहिरो पन्छाउन दुई वटा मेसिन, एउटा एक्स्काभेटर खटाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार घण्टामा एकतर्फी सडक खुलाइने कार्यालयका सब(इञ्जिनियर सुजन थापा मगरले जानकारी दिनुभयो ।

 

सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा गाडीको लामो लाइन छ । यात्रुहरु रोकिएका छन् । यो सडक पहिरोका कारण पटक(पटक बन्द हुँदै आएको छ । प्रहरीले आज सकेसम्म यो सडकको यात्रा नगर्न आग्रह गरेको छ । गर्नेै परे वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध छ ।

 

मुग्लिन- नारायणगढ सङ्घीय राजधानी काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग हो । सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी ओहोरदोहोर हुने गरेका छन् । 

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्