माेटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गयाे
बाग्लुङ | भदौ ४, २०८०
बाग्लुङ: बाग्लुङको गलकोट नगरपालिका- ३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका- ३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएको हो । परियारको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

