बलात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ
काठमाडाैं | भदौ ३, २०८०
जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका- ८ का २८ वर्षीय तामाङ साउन ३२ गते पक्राउ परेका हुन्।
उनीविरूद्ध साउन २४ गते एक महिलाले जबरजस्तीकरणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं इलाका प्रहरी कार्यालय बेलबारीमा उपस्थित भएका डिएसपी दाहाले बताए।
अहिले उनीविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप भई घटनाको अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए। बेलबारी- ८ का वडाध्यक्ष धनपति गौतमका अनुसार तामाङ केहीवर्ष अघिमात्रै विदेशबाट फर्किएर युवासंघमा आवद्ध भएका थिए। उनी क्रसर उद्योगी पनि हुन्।
घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

