दोषी छुट्दैन निर्दाेष फस्दैन: गृहमन्त्री श्रेष्ठ (भिडियोसहित)
पाेखरा | भदौ २, २०८०

पोखरा: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकरणमा संलग्न दोषी नेतालाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।
पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले कुनै पार्टी विशेषको नेता जुन सुकै प्रकरणमा दोषी पुष्टि भए कारवाही हुने स्पष्ट पारे ।
गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धान महाशाखाले अहिले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा र तस्करी सुन प्रकरणको अनुसान्धान गरिरहेको बताउदै राजनीतिक हस्तक्षेत्र नहुने उल्लेख गरे ।
‘अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा माओवादी परेपनि छुट्दैन, कोही कांग्रेस एमाले वा अन्य कुनै पार्टीको मतलब छैन । कुनै घराना, नाता र सम्बन्धको मतलब छैन, गृहमन्त्री श्रेष्ठले भने, ‘हामीलाई के मात्रै मतलब छ भने अनुसन्धान र तथ्य प्रमाणहरुको आधारमा दोषी देखिने नछुटोस् र निर्दाेष नफसोस् । यसरी सिआइबीले काम गरिरहेको छ ।’
उनले सबै प्रकरणमा दोषीसमक्ष छिटै अनुसन्धानको टोली पुगेर कानुनी कारवाहीको दायरामा ल्याउने उनले स्पष्ट पारे ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...