सुन प्रकरणमा विमानस्थलबाट पक्राउ परे दुई जना चिनियाँ
काठमाडाैं | साउन २६, २०८०
फाइल तस्बिर
त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको सय किलो सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान छन्। उनीहरूलाई शुक्रबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। उनीहरू हिमालय एअरको फ्लाइटबाट बिहान ९ बजे चीन जाँदै थिए। सिआइबीले यी दुई व्यक्तिहरूलाई कालोसूचीमा राख्न यसअघि नै अध्यागमनलाई पत्राचार गरेको थियो।
उनीहरू चीन जान लागेको सूचना अध्यागमनबाट प्राप्त भएपछि सिआइबीले विमानस्थलबाटै पक्राउ गरेको हो। सय किलो सुन प्रकरणमा उनीहरूको भूमिकाको विषयमा भने खुलाइएको छैन। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।
भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरूको कार्य(सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।
त्यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक(शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको थियो।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

