काठमाण्डाै महानगर प्रहरी र कपनका स्थानीयबीच झडप
काठमाडाैं | साउन २५, २०८०
फाइल तस्बिर
काठमाण्डौ: काठमाण्डौ महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । आज बिहीवार महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोला मिचेर बनेका भन्दै घरटहरा भत्काउन डोजरसहित गएपछि स्थानीय र नगर प्रहरीबीच झडप भएको हो ।
बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डीएसपी मीनबहादुर थापाले बताउनुभयो । स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिकाका स्थानीयले भने वर्षाको समयमा डोजर आतङ्क गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार काठमाण्डौ महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमानाबारे पहिलेदेखि नै केही विवाद थियो। दुवै पक्षका वडाध्यक्षहरूबीच समन्वय भइरहेका बेला एक्कासी महानगरपालिकाको डोजर पुगेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

