फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ

काठमाडाैं | साउन २४, २०८०

फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ

काठमाण्डौ:  अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्टु पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन हिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको हो ।

 

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

 

उनीहरूलाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरेको उजुरीमा काठमाण्डौ जिल्ला अदालतबाट दुवै जनालाई पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्