फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ
काठमाडाैं | साउन २४, २०८०
काठमाण्डौ: अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्टु पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन हिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
उनीहरूलाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरेको उजुरीमा काठमाण्डौ जिल्ला अदालतबाट दुवै जनालाई पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उहाँले बताउनुभयो ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

