पोखरामा आँखा पाक्ने बिरामी बढे, हप्तामै १५ सय बढी

पोखरामा पनि फैलियो आँखा पाक्ने प्रकोप

पाेखरा | साउन २२, २०८०

पोखरामा आँखा पाक्ने बिरामी बढे, हप्तामै १५ सय बढी

पोखरा:   रौटहट घर भएका अबय जयसवाल हिजो मात्र पोखरा फर्किए । विगत १०/१२ वर्षदेखि पोखरामा जागिर गरिरहेका कारण उनी रौटहट जाने आउने गरी रहन्छन् । 

 

आइतबार बिहान पोखरा आएका जयसवाल केही समय पछि कार्यालय गए । कार्यालयमा काम गरिरहेको समयमा एक्कासी उनको आँखा चिलायो, रातो हुँदै आयो । केही समयपछि दुखाई बढेपछि अफिस नजिकैकौ मेडिकलमा गए । 

 

स्वास्थ्यकर्मीले आँखा पाक्ने भाइरस फैलिएको र त्यसैको असर परेको हुन सक्ने भन्दै औषधि (मेडिसिन) दिए । तर त्यो औषधि(मेडिसिन) राखेपनि दुखाई कम भएन ।

 

 

 

त्यसपछि उनी सोमबार बिहानै पोखरा १७ घारीपाटन स्थित हिमालयन आँखा अस्पतालमा भेटिए ।
‘आँखामा समस्या आएपछि घर फोन गरेको थिए । गाउँमा पनि आँखा पाकेको थाहा पाए । सायद त्यहीबाटै सर्याे होला । अहिले उपचार गर्न यहाँ आएको छु ।  छिटै ठीक होला,’ उनले भने ।

 

यस्तै पोखरा १८ का सुवास तामाङपनि उपचारकै लाइनमा भेटिए । उनले आइतबार छोरालाई विद्यालय नगई घरमै बसेको देखेपछि कारण सोधे, छोरालाई आँखा पाक्ने समस्या देखिएको थाहा पाएपछि तामाङले खाना खाएपछि

 

अस्पताल ल्याउने निधो गरे । तर खाना खाएको केही समयपछि उनलाई पनि आँखा पाक्ने भाइरसले संक्रमण गरिसकेको अनुमान गरे ।

 

अनुमान सही साबित भएपछि मेडिकलबाट औषधि आँखामा राखे तर निको भएन ।

 

त्यसपछि झन आँखा पोल्ने समस्या बढेकाले अस्पताल पुगेको तामाङले बताए । ‘रातभर आँखा पोल्ने, चिलाउने आँशु आउने भयो त्यसपछि अतिनै दुख दिएपछि यहाँ आएको हुँ,’ तामाङले भने ।

 

पोखरामा पनि फैलियो आँखा पाक्ने प्रकोप

 

हिमालय आँखा अस्पतालका अनुसार यसअघि आँखा पाक्ने बिरामी दैनिक करिब ३० जना हुन्थे । तर पछिल्लो सय बिरामीको चाप बढेको छ ।

 

यही हप्तामात्रै आँखा पाक्ने बिरामी १  हजार ५ सय बढी रहेको अस्पतालका मेडिकल डाइरेक्टर इलिया श्रेष्ठले बताइन् । उनका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६ सय २९ जना थिए ।

‘अहिले देशभर नै (एडिनो भाइरल कन्र्जग्टिवाइटिस) आँखा पाक्ने रोग फैलिरहेको छ, श्रेष्ठले भनिन्, ‘पछिल्लो एकहप्तामा पोखरामा १ हजार ५ सय ७३ जनाले आँखा पाक्ने रोगको उपचार गराएका छन् । यसले प्रकोप फैलिएको देखिएको छ ।

 

हिमालय आँखा अस्पतालको तथ्याङ्क अनुसार १ हजार ५ सय ७३ जना मध्ये ९ सय १८ जना बालबालिका छन् भने आजपनि (सोमबार) उपचारका लागि अस्पतालमा बिहानैदेखि बिरामीको भिडभाड बढेको छ । 

‘खासै जटिल रोग नभएपनि एक हप्ता गाह्रो बनाउछ, उनले भनिन्, ‘यसले ज्योती नै गुम्छ भन्ने हुदैन । यो निको हुन कम्तिमा १ हप्तादेखि २र३ हप्तासम्म समय लाग्छ ।’
 

एडिनो भाइरल कन्र्जग्टिवाइटिस भाइरसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या हुन्छ ।

 

‘हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् यो सरुवा रोग हो । त्यसैले एउटै घरका धेरै व्यक्तिमा आँखा पाक्ने समस्या देखिएको हो । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, चस्मा, साबुन जस्ता वस्तुहरु अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन,’ उनले भनिन् ।

 

उनले आँखामा कुनै समस्या देखिए आँखा अस्पतालका चिकित्सकसँग परामर्श लिएर मात्रै औषधिको प्रयोग गर्न सुझाव दिइन् । आँखा दुख्यो भनेर जुन पायो त्यही दबाई प्रयोग गर्नु राम्रो होइन, उनले भनिन्, ‘चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्नु पर्छ ।’
 

पटकपटक साबुनपानीले हात धुने, चस्मा प्रयोग गर्ने, धुवाँधुलोबाट आँखालाई जोगाउने, संक्रमित व्यक्तिले प्रयोग गर्ने वस्तु तथा सामग्रीहरु प्रयोग नगरेको खण्डमा उक्त प्रकोपबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्