माओवादी केन्द्रीय समितिको बैठक खर्च २१ लाख १५ हजार ५ सय
काठमाडाैं | साउन २१, २०८०
काठमाडौं: नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सञ्चालन गर्दा २१ लाख १५ हजार पाँच सय रुपैयाँ खर्च भएको छ।
साउन १७ गतेदेखि केन्द्रीय समिति बैठक जारी छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूका प्रश्नका जवाफ दिएपछि बैठक सक्ने तयारी छ।
एक जना पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रीय समितिका लागि २१ लाख १५ हजार पाँच सय रुपैयाँ खर्च भइसकेको छ।
पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले केन्द्रीय समिति गर्दा २१ लाख १५ हजार ५ सय खर्च भएको बैठकमा जानकारी गराएका छन्।
माओवादीले केन्द्रीय सदस्यबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क उठाएको थियो। केन्द्रीय समितिमा ४०७ जना केन्द्रीय सदस्य र अरू गरी जम्मा ७८० जना सहभागी थिए।
उनीहरूलाई खाजा र पानीको व्यवस्थापन पार्टीले नै गरेको थियो। तर बसोबासको व्यवस्था आफैं गर्न भनेको थियो।
माओवादीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवन भाडामा लिएर केन्द्रीय समिति बैठक गरेको हो। आज पाँचौं दिन पनि केन्द्रीय समिति बैठक बस्दैछ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

