गण्डकीबाट १ सय ५ जना यू–१९ फुटबलमा छनौट, मनाङ र मुस्ताङबाट परेनन् (सूचीसहित)

कुन जिल्लाबाट कति ?

पाेखरा | साउन २१, २०८०

गण्डकीबाट १ सय ५ जना यू–१९ फुटबलमा छनौट, मनाङ र मुस्ताङबाट परेनन् (सूचीसहित)

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखराबाट १ सय ५ जना खेलाडी यू–१९ फुटबलका लागि छनौट भएका छन् ।

 

मुख्य प्रशिक्षक किरण श्रेष्ठको टोलिले पोखराको रङ्गशालामा भएको २ दिने छनौट चरणबाट १ सय ५ जना चुनेका हुन् ।

 

गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार छनौट हुनेमा कास्कीबाट २६ जना, नवलपुरबाट १६, बागलुङबाट ३, लमजुङबाट १०, तनहुँबाट १७, स्याङजाबाट ११, गोरखाबाट ९, पर्वतबाट १ र म्याग्दीबाट ७ जना  छनौट भए । 

 

गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाट खेलाडी छनौटमा नपरेको गुरुङले जानकारी दिए । यद्यपी पाल्पा, सुनकोशी, डोल्पाबाट १/१ जना परेका छन् भने नवलपरासीबाट २ जना चुनिएका छन् ।

 

‘हामीले केन्द्रसँग समन्यव गरेर नै काम गरेका छौं, खेलाडीलाई जहाँ पायक पर्छ त्यही छनौट गर्न पाउने व्यवस्था मिलाएका कारण पोखराबाट अन्य प्रदेशका ५ जना खेलाडी भाइहरु पनि छनौट हुनुभाछ,’ गुरुङले भने ।

 

अब उनीहरु अन्तिम छनौटका लागि काठमाडौं जानेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)  का अनुसार अन्तिम छनौट आगामी अगष्ट ११ देखि १५ तारिखसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।

 

नेपालका लागि अन्तिम छनौट भएपछि आगामी सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एएफसी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

 

गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङका अनुसार छनौट प्रतियोगितामा  २ सय ७२ बढी खेलाडी सहभागि थिए ।


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्