गण्डकीबाट १ सय ५ जना यू–१९ फुटबलमा छनौट, मनाङ र मुस्ताङबाट परेनन् (सूचीसहित)
कुन जिल्लाबाट कति ?
पाेखरा | साउन २१, २०८०
पोखरा: गण्डकी प्रदेशको राजधानी पोखराबाट १ सय ५ जना खेलाडी यू–१९ फुटबलका लागि छनौट भएका छन् ।
मुख्य प्रशिक्षक किरण श्रेष्ठको टोलिले पोखराको रङ्गशालामा भएको २ दिने छनौट चरणबाट १ सय ५ जना चुनेका हुन् ।
गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार छनौट हुनेमा कास्कीबाट २६ जना, नवलपुरबाट १६, बागलुङबाट ३, लमजुङबाट १०, तनहुँबाट १७, स्याङजाबाट ११, गोरखाबाट ९, पर्वतबाट १ र म्याग्दीबाट ७ जना छनौट भए ।

गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाट खेलाडी छनौटमा नपरेको गुरुङले जानकारी दिए । यद्यपी पाल्पा, सुनकोशी, डोल्पाबाट १/१ जना परेका छन् भने नवलपरासीबाट २ जना चुनिएका छन् ।
‘हामीले केन्द्रसँग समन्यव गरेर नै काम गरेका छौं, खेलाडीलाई जहाँ पायक पर्छ त्यही छनौट गर्न पाउने व्यवस्था मिलाएका कारण पोखराबाट अन्य प्रदेशका ५ जना खेलाडी भाइहरु पनि छनौट हुनुभाछ,’ गुरुङले भने ।
अब उनीहरु अन्तिम छनौटका लागि काठमाडौं जानेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अन्तिम छनौट आगामी अगष्ट ११ देखि १५ तारिखसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।
नेपालका लागि अन्तिम छनौट भएपछि आगामी सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एएफसी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङका अनुसार छनौट प्रतियोगितामा २ सय ७२ बढी खेलाडी सहभागि थिए ।
काठमाडौं: क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपिएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितमा अनलाइनमार्फत सट्टाबाजी कार्यमा सङ्लग्न आठ जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ...
पोखरा: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरे...
पोखरा: कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार &lsqu...

