हङकङ बजारको भाडा गुडलकले होइन सरकारले बढाएको हो: व्यवसायी तिवारी

सुन भन्दा नुन महङ्गो हुन लाग्यो, पृथ्वीचोकमा भाडा तिर्दैनौ भन्न पाइन्छ ?

काठमाडाैं | साउन २१, २०८०

हङकङ बजारको भाडा गुडलकले होइन सरकारले बढाएको हो: व्यवसायी तिवारी

पोखरा:    पोखरा लखनचोकस्थित हङकङ बजारका सटरमा ‘टेण्डर सेण्डर जान्दैनौं’ ठेकेदार हामी मान्दैनौ, गुडलक कम्पनीलाई हङकङ बजारमा प्रवेश निषेध लेखिएको कालो क्यानर टाँगिएको छ । 


कृषि सामग्री कम्पनीले हङकङ बजारको जग्गालाई बोलपत्र आह्वान गरेपछि विगत १ सय दिन यता पोखरा हङकङ बजारका व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । 


कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय गण्डकीको करिब ७  रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा पोखराको फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई २०६९ सालमा विभिन्न राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय र स्थानीयको सहमतिमा उक्त जग्गामा स्थानान्तरण गरिएको थियो  ।


फुटपाथमा व्यवसायी गर्दै आएका व्यवसायीहरुलाई त्यस जग्गामा स्थानात्तर गर्नुपूर्व नै कृषि सामग्री कम्पनीले मिलन प्रसाद तिवारीलाई जग्गा भाँडामा दिएको जनाएको थियो । तिवारीले जग्गा भाँडामा लिदा कृषि सामग्रीसँग गरेको सम्झौता ०७८ माघमा सकिएको थियो । तर हङकङ बजार व्यवसायी र तिवारीबीच २० प्रतिशत भाँडा वृद्धिदर गरी भाडा बुझाउने सहमति भएको कार्यालयले जनाएको छ । 


यसैबीच गुडकल कम्पनीका निर्देशक मिलन प्रसाद तिवारीले हङकङ बजारको भाडा गुडकल कम्पनीले नभएर राज्यले बढाएको बताए । 


निर्देशक तिवारीले व्यवसायीहरुलाई कटाक्ष गर्दै सुनको मूल्य भन्दा नुनको मुल्य महङ्गो हुन थालेको भन्दै पृथ्वीचोकमा व्यवसायी गर्ने व्यवसायीले भाडा तिर्दैनौं भन्नु गलत भएको बताए । 


‘पोखराको मध्य भागमा बजार छ, छिमेकी व्यवसायीहरुले तिरेको भाडा र हङकङ बजारको भाडा हे¥यौं’, तिवारीले भने, ‘नुनको मूल्य सुन भन्दा महङ्गो हुन लाग्यो, व्यवसायीले पृथ्वीचोकमा बसेर भाडा तिदैनौ भन्नु गलत हो ।’


उनले हङकङ बजारको भाडा गुडलक कम्पनीले नभएर सरकारले नै बढाएको दोहो¥याए ।


हङकङ बजारको भाडादर समय सान्दर्भिक भएकाले व्यवसायीहरुसँग नै बसेर नयाँभाडादर कायम हुने गुडकल कम्पनीका निर्देशक तिवारीले बताए । 


‘पहिले पनि व्यवसायीहरुसँगै काम गरेको छु, अरु भन्दा म नै आउँदा सजिलो हुने भएकाले टेण्डरमा भाग लिए’, उनले भने, ‘व्यवसायीहरुले व्यवसायी गर्ने हो, आन्दोलन गर्ने होइन, नयाँ भाडादर कम्पनी, व्यवसायी र नागरिक समाजको रोहबरमा कायम हुन्छ ।’


उनले पोखराको हङकङ बजार ब्राण्ड भएकाले मेला महोत्सवमा जान आवश्यक नभएको भन्दै बजार सञ्चालन गर्दा ४ सय व्यापारी आएकाले बजार ब्राण्ड बनेको दाबीसमेत गरे । 


हामी प्रक्रिया अनुसार अगाडि बढेका हौं: कृषि सामग्री केन्द्र 


कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय पोखराका कार्यालय प्रमुख ठाकुर प्रसाद बास्तोलाले प्रक्रिया अनुसार नै अगाडि बढेकाले पछि नहट्ने बताए ।

 
‘हामी सार्वजनिक खरिद ऐन अनुसार नै अगाडि बढेका छौं, अब पोखरा हङकङ बजार व्यवसायी र गुडलक कम्पनीबीच सहमति गर्नुको अरु विकल्प छैन’, बास्तोलाले भने । 


कृषि सामग्री कम्पनीले सार्वजनिक गरेको बोलपत्रमा भाग लिएको विभिन्न कम्पनी मध्ये पहिलो र दोस्रो पक्षले टेण्डर प्रक्रियामा उपस्थित नभएपछि तेस्रो पक्ष गुडलक कम्पनीले उक्त जग्गा भाडामा लिएको हो । 


गुडलक कम्पनीले मासिक १५ लाख ५६ हजार ५ सय ५६ रुपैयाँ कृषि सामग्री कम्पनीलाई बुझाउने गरी ७ रोपनी जग्गा भाडामा लिएको प्रादेशिक कार्यालय पोखराका प्रमुख बास्तोलले बताए ।
 

पोखरा:      जिल्ला ट्राफिक कार्यालय कास्कीले समयमा नै सवारी साधनहरुको सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको ११ वटा बसलाई नियन्त्रणमा लिएको छ ।  सवारी साधनहरुको समयमा नै...

थप पढ्नुहोस्

पोखरा:     आगिलागीबाट पुर्ण रुपमा क्षति भएको पोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट  ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ ।  ...

थप पढ्नुहोस्

पोखरा:     पोखरामा आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने ४७ वर्षीय सोमबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।  आफ्नो छोरीसँग झगडा गरे...

थप पढ्नुहोस्