विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी

जाजरकोट | साउन १९, २०८०

विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी

विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।

 

हिजो बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो । 

 

यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी हुनुहुन्छ । उहाँको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताउनुभयो ।

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ ।                       &...

थप पढ्नुहोस्

पोखरा:   पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

थप पढ्नुहोस्