कपडाको चप्पल बनाउने तालिम समापन

पाेखरा | असार ४, २०७९

कपडाको चप्पल बनाउने तालिम समापन

 

पोखरा :     गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा संचालित १२ दिने कपडाको चप्पल बनाउने तालिम समापन भएको छ  ।   प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्ष देखी सिप परीक्षण नहुने चप्पल बनाउने, बाजा बजाउने लगाएतका तालिमहरु समेत संचालन गरेको हो  ।

 

पोखरा ५, बुलौदी बहुउद्धेश्यीय भवनमा भएको समापन कार्यक्रमको अध्यक्षता गण्डकी बहुप्राविधिक प्राबिधिक शिक्षालयका निर्देशक श्री लक्ष्मण तिमिल्सिनाले गरेका थिए  । भने कार्यक्रमको बिशेष आमन्त्रित व्यक्तित्व पोखरा महानगर पालिका वडा न ५, का नव( निर्वाचित वडा अध्यक्ष श्री बिष्णु बरालले सहभागीहरु लाई प्रमाणपत्र वितरण गर्दै सिपलाई स्वरोजगार संग जोड्न अनुरोध गर्दै वडा कार्यालयले रचनात्मक कार्यका लागि आवश्यक सहयोग गर्ने बताएका थिए । 

 

२०७९ ०२ २३ गते देखि सुरु गरिएको तालिममा २० जना सहभागी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य स्वागत टोल आमा समुहका अध्यक्ष श्रीमति मधु थापाले गर्नुभएको थियो भने तालिम प्रशिक्षण प्रशिक्षक धनमाया श्रेष्ठले गर्नु भएको थियो । 

 

मापन कार्यक्रमको उद्घोषण श्री सन्तोष शर्माले गर्नु भएको थियो । 
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्