उद्घाटन खेल जित्दै आयोजक ‘हेमजा गोल्डकप’को सेमिफाइनलमा
पाेखरा | असार ४, २०७९
पोखरा: पोखरामा आज (शनिबार) देखि सुरु भएको छैटौं हेमजा गोल्डकपको उद्घाटन खेलमा जित निकाल्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेमजा युनाइटेड क्लबको आयोजनामा पोखरा महानगरपालिका २५ हेम्जास्थित गौरी शंकर खेल मैदानमा आज भएको उदघाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।
आयोजक टोली हेमजाको जितमा सुमन अर्यालले २ र कमल थापामगरले १ गोलको योगदान दिए । भने वीरगञ्जका लागि कृप चौधरीले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट हेमजा युनाइटेडका सुमन अर्याल म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
खेलको ११ औं मिनेटमै सुमन अर्यालले गोल गर्दै आयोजक टोलीले अग्रता दिलाए । हेमजाले दबदबा राखेको खेलको ३६ औं मिनेटमा कमल थापामगरको गोलले अग्रताले दोब्बर बनायो । दोस्रो हाफको तेस्रो मिनेटमै सुमन अर्यालले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे र टिमलाई ३–० को अन्तर बनाइदिए ।
३ गोलले पछि परेको वीरगञ्जका लागि ८८ औं मिनेटमा कृप चौधरीले सान्त्वना गोल फर्काएका थिए । अब हेमजा युनाइटेडले सेमिफाईनलमा खुमलटार एफसी र बाग्मती एफसी बिचको विजेता टोलीसँग आगामी ८ गते खेल्नेछ ।

असार ११ गतेसम्म सञ्चालन हुने ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।
सो अवसरमा बोल्दै हेमजामा खेल पुर्वाधार विकासका लागि आवश्यक पहल गर्ने धारणा राखे । पोखरामा रगंशाला भन्दा बाहिरपनि ठुला प्रतियोगिता सम्भव भएको सन्देश शुभकामना गोल्डकपले दिएको बताउदै गोल्डकपलाई निरन्तरता दिन समेत आग्रह गरे ।
आगामी दिनमा उक्त प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानका निम्ति महानगरले सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
उक्त प्रतियोगितामा नेपाल एपिएफ क्लब, चर्च व्याइज, अफ्रिकन टोली क्यामरुन, खुमलटार क्लब, कालिका स्पोर्ट्स चितवन, बाग्मती युवा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक टिम हेम्जा युनाइटेडको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हेम्जामा क्लबले सञ्चालन गर्दै आएको फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

