पोखराको आकाशमा ‘ब्लाइन्ड रक्स’ (फोटोफिचर)

पाेखरा | साउन १५, २०८०

पोखराको आकाशमा ‘ब्लाइन्ड रक्स’ (फोटोफिचर)

पोखरा:  तीन दिन अगाडि पोखराको मौसम खासै खुलेको थिएन । वर्षातको समय भएकाले पोखरामा कति खेर पानी पर्छ पत्तै थिएन ।

 

त्यही पनि पोखराको पामे क्षेत्रको मौसम अझ कति खेर बदली हुन्छ थाहा नै हुँदैन । 

 

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने सेडुअल ब्लाइन्ड रक्स (फरक क्षमताको समूह) टोलीको केही अगाडि नै तय भएको थियो । सोही कार्यक्रम अनुसार आज (सोमबार) ब्लाइन्ड रक्सको एक दर्जन सदस्यले केही समयका लागि जमिन छाडे । र पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिए ।

 

यो उनीहरुका लागि मात्रै नभएर पोखराकै पर्यटनका लागि पनि नौलो उडान थियो । 

 

 

सोही समूहकी सदस्य चादनी शर्माले ल्याण्ड हुनेबित्तिकै अनुभवलाई व्याख्या गर्ने शब्द नभेटेको सुनाइन् । ‘खै कसरी अनुभव सुनाउ कुनै शब्द नै भेटिन,’ शर्माले भनिन् ।

 

हिजोसम्म मौसम नखुलेकाले पनि आकाशमा उड्ने सपना तुहिने पनि पिरलो मनमा थियो । तर सपना मनबाट नभएर आत्माबाटै देखेकैकारण बादल छुने सपना पुरा भएको संस्थाकी संस्थापक अध्यक्ष सृष्टी केसीले बताइन् । ‘हामीले सपना आँखाले होइन, आत्मादेखि नै देख्नुपर्छ । एक दिन अवश्य पुरा हुन्छ,’ केसीले भनिन् ।

 

उनले दृष्टिबिहीनहरुलाई समाजले फरक नजरबाट हेर्ने भएकाले समान आत्मबल हुन्छ भन्ने सन्देश दिन प्याराग्लाइडिङ गरेको सुनाइन् । ‘दृष्टिबिहीनलाई राज्य र समाजले समान रुपमा हेर्न सकेको छैन, दृष्टिबिहीन नागरिकहरु पनि कमजोर हुँदैन भन्ने सन्देश समाजमा दिने उद्देश्यले जमिन छाडेका हौ’, उनले भनिन्, ‘सन्देश प्रवाह गर्नकै लागि हामीहरुले शाहसिक उडान भरेका हौं ।’

 

उनका अनुसार ब्याइन्ड रक्स समूहले यसअघि र्‍याफ्टिङ, रक क्लाइम्बिङ लगायतका शाहसिक खेलमा सहभागिता जनाइसकेका छन् । २ विदेशी नागरिकसहित १२ जनाको समूहले नेपाल हवाई खेलकुद संस्था(ना), पोखरा महानगरपालिका र लायन्स क्लबको सहयोगमा प्याराग्लाडिङ गरेका हुन् । 

 

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनपछि पछिल्लो समय तोरीपानी क्षेत्रबाट उडान हुँदै आएको छ । 

 

तस्बिर: सुशान्त गाहामगर/सुनगाभा न्यूज

 

 

 

 

 

 

 

 


 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्