४५ दिने निस्शुल्क कपाल काट्ने तालिम सम्पन्न
काठमाडाैं | साउन १४, २०८०
काठमाडौँ: बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा र बि स्टार युनिसेक्स एकेडेमीको संयोजकत्वमा गत जेठ २८ गतेबाट प्रारम्भ भएको ४५ दिने निशुल्क कपाल काट्ने तालिम आज ९शुक्रबार० बाट सम्पन्न भएको छ । बि स्टार युनिसेक्स एकेडेमीमा भइरहेको उक्त तालिममा सोही एकेडेमीका प्रमुख बिक्रम गौतमले प्रशिक्षण दिएका थिए ।
बुढानिलकण्ठ नगरपालिका स्थित वडा नं १० को वडा कार्यालयको हलमा समापन कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी थिए भने विशेष अतिथिमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई थिए । यसैगरी कार्यक्रममा अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भु भट्टराई , बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडाअध्यक्ष आदरणिय राजु अधिकारी , बुढानिलकण्ठ नगरपालिका वडा नं १० युवा परिषद् अध्यक्ष सुदिप लुईटेल , बुढानिलकण्ठ नगरपालिका वडा नं १० युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई , कार्यपालिका सदस्य रिता दाहाल , वडा सदस्य चन्द्रमान श्रेष्ठ , दिल कुमारी बि.क थिए भने कार्यक्रमलाई थप उत्कृष्ट बनाउनको लागि हास्य टेलिशृङ्खला ुसक्किगोनीु का कलाकार हरि निरौला ुकक्रोजु, सागर लम्साल बलेु, सुबोध गौतम एदुमेु पनि अतिथिको रुपमा सहभागी थिए ।
सञ्चारकर्मी तथा सामाजिक अभियान्ता सुरेस तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रमलाई स्वागत गीतमार्फत अगाडि बढाईएको थियो भने कार्यक्रममा तालिममा सहभागी सम्पुर्ण विद्यार्थीलाई प्रमाणपत्र र प्रशिक्षकको भुमिका निर्वाह गरेकोमा बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतम र बिनय गौतमलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा पहिलो मन्तव्य राखेका कलाकार सागर लम्सालले स्वदेशमा नै सीप सिके आत्मनिर्भर बन्न सकिने र यो तालिम संन्चालन गरेकोमा बुढानिलकण्ठ नगरपालिका र बि स्टार युनिसेक्स एकेडेमी परिवारलाई धन्यवाद दिए ।
साथै कार्यक्रमका प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकाले सीप सिक्दा कोहि सानोठुलो नहुने र यदि कोहि विद्यार्थीहरुलाई यो ४५ दिनको अवधिमा सिकेको सीप अझै कमि भएको जस्तो महशुस भएमा पुन नगरपालिकाका विभिन्न वडाहरुमा पनि यहीँ तालिम संन्चालन गर्नको लागि सहकार्य भईरहेको हुँदा त्यहाँ तालिम प्रारम्भ भए पश्चात् सिक्नको लागि इच्छुक भएमा आउनको लागि समेत आग्रह गरे ।
यसैगरी मन्तव्य राख्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आगामी दिनमा आफ्नो वडा मा पनि कपाल काट्न सिकाउने तालिम आयोजना हुँदै गरेको र यस्ता सिपमुलक तालिमबाट देशमा नै रोजगार सिर्जना गर्नको निम्ति आफ्नो वडा निरन्तर लागिपरिरहने बताए । साथै कलाकार हरि निरौलाले सम्पुर्ण विद्यार्थीहरुलाई यो अवधिभर सिकेको तालिमको सहि सदुपयोग गरि भबिष्यमा एक सफल कपाल काट्ने पात्रको रुपमा चिनिन सबैलाई आग्रह गरे । साथै कार्यक्रममा मनोरञ्जन दिदै सुबोध गौतमले विभिन्न ब्यक्तिको क्यारिकेचर गरेका थिए ।
यसैगरी कार्यक्रमका विशेष अतिथी बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले आफ्नो वडामा यो तालिम संन्चालन गरि आज समापन गराउन पाउँदा आफू निकै खुशी रहेको बताए । नेपालमा कयौं दक्ष जनशक्ति हुँदापनि सहि सदुपयोग हुन नसकेको र सो समस्यालाई समाधान गर्न र आफ्नो वडाका नागरिक बेरोजगार भएर भौतारिन नपर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता दिए । साथै भट्टराईले सम्पुर्ण विद्यार्थी लगायत बि स्टार युनिसेक्स एकेडेमी परिवारलाई धन्यवाद दिए ।
कार्यक्रममा करिब ४५ दिन आफुले धेरै नै ज्ञान प्राप्त गरेको र सो सिपलाई सहि ठाँउमा सदुपयोग गरि आगामी दिनमा देशमा रहेको रेमिटेन्स देशमा नै भित्राएको उदाहरण प्रस्तुत गर्ने उदेश्यका साथ काम गर्नेमा जोड दिने प्रतिबद्धता सहित विद्यार्थी सुशील कट्टेलले आफ्नो अनुभव सुनाए । साथै कार्यक्रममा रिमा थापा घिमिरे र सावित्रा देवि उप्रेतीले आफ्नो रचना सुनाएका थिए ।
कार्यक्रमको समापन बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतमले गरेका थिए । उनी बिगत लामो समयदेखि विभिन्न चलचित्र तथा टेलिसिरियलमा समेत आबद्द भएर काम गरिरहेका छन । बिगतको लामो समयको आफ्नो अनुभव विद्यार्थीहरुलाई साट्न पाउँदा आफू निकै खुशी भएको हुनले बताए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्...
कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ । बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...
काठमाडौं: नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...

