महोत्तरीमा एनएमबी बैंकमा भएकाे लुटपाटकाे घटनामा संलग्न भारतीय युवक पक्राउ
महोत्तरी | साउन ११, २०८०
महोत्तरी: महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंकमा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ।
गएको जेठ १६ गते एनएमबी बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा भारत विहार मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन् ।
चाररपाँच जनाको समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटपाट गरेको थियो । साफीलाई बुधवार हिजो बेलुका मटिहानी नगरपालिका–८ नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनु भयो ।
लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

