२३ वर्षीया श्रीमतीको हत्या अरोपमा मोहमद पक्राउ

बारा | साउन १०, २०८०

२३ वर्षीया श्रीमतीको हत्या अरोपमा मोहमद पक्राउ

बारा:  आफ्नै २३ वर्षीया श्रीमती यास्मिन खातुनको हत्या गरेको एक युवक पक्राउ परेका छन् ।

 

बारा प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाह रहेका छन् ।

 

उनलाई इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

 

पक्राउ परेका मोहमदले सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई माइती घरमै आएर धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि स्थानीले ति मोहमदलाई कुटपिट गरेर घाइते भएका थिए ।

 

सो घटनाबारे प्रहरीलाई खबर पुगेपछि मोहमदलाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । 

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्