काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ ।   शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...

काठमाडौं:     आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेका छन् ।   महिलातर्फ नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्यो भने पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर हेल्प नेपाल बिजेता बन्यो । दुबैले टिमले जनही ८/८ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने उपबिजेताले ४/४ लाख पाए । महिलातर्फ पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ को सेटमा पराजित गर्‍यो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जितेर पुलिसले उपाधि रक्षा गरेको हो । पुरुषतर्फ भने हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्‍यो । हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो । महिलातर्फ एपीएफ र पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भए । उनीहरुले जनही २ लाख रुपैयाँ पाए । महिलातर्फ उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका पाकिस्तानी खेलाडी मसुर राजा बट्टो सर्वोत्कृष्ट खेलाडी बनेर जनही ५० हजार रुपैयाँ पाए । मसुरले यसअघि पनि हेल्प नेपालबाट नेपालमा विभिन्न प्रतियोगिता खेलेका छन् । लिबेरोमा महिला तर्फ पुलिसकी शान्तिकला तामाङ र पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट घोषित भई जनही ३० हजार रुपैयाँ पाए । उत्कृष्ट सर्भर महिलामा निरुता ठगुन्ना र पुरुषमा रमन कुमार बने । पहिलो पटक नेपालमा भलिबल खेलेका रमनकुमार भारतीय खेलाडी हुन् । उत्कृष्ट स्पाइकर महिलातर्फ एभरेष्टकी केपी अनुश्री र पुरुषतर्फ गण्डकीका सन्तोष साहाया बने । उनीहरु दुबै जना भारतीय खेलाडी हुन् । अनुश्री भारतको राष्ट्रिय टिमकै खेलाडी हुन् । उत्कृष्ट ब्लकर महिलातर्फ एभरेष्टकी सूर्य तोतांगल र पुरुषतर्फ पुसिलका सफल बिक बने । भारतीय खेलाडी तोतांगलले यसअघि पनि नेपालबाट भलिबल खेलिसकेकी छन् । महिलातर्फ पुलिसकी कमला पुन र पुरुषतर्फ हेल्प नेपालका आद्नान खान उत्कृष्ट सेटर बने । महिलातर्फ पुलिसका रुपेश विष्ट र र पुरुषतर्फ उत्सव खड्का उत्कृष्ट प्रशिक्षक बने । उनीहरु सबैले जनही २० हजार रुपैयाँ पुरस्कार पाए । व्यक्तिगत विधाका पुरस्कार पाउनेमा ६ जना विदेशी खेलाडी छन् ।

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी थालेको छ ।   राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी सुरु गरेको हो ।    यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा बढि खेलाडीहरुको सहभागिता हुनेछ ।   प्रतियोगिताको तयारीका लागि शनिबार आयोजित छालफल कार्यक्रममा सदस्य सचिव श्रीधर शर्माले पोखरा आउने खेलाडी र पाहुनाहरुको स्वागत संगै उनीहरुको बसाई शुखद बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने–“पहिलो पटक यो कार्यक्रम आयोजना हुँदैछ । हामीले खेलाडीहरु र पाहुनाहरुको बसाई शुखद बनाउन सबैको सहकार्यका लागि परिषद आग्रह गर्दछ ।”   परिषदका सल्लहाकार समितिका सदस्यहरु, विभिन्न खेल संघका पदाधिकारीहरुलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहितको भेलामा प्रतियोगितालाई भब्य बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।   भेलामा परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले प्रतियोगितालाई सफल बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका आवश्यक रहेको औंल्याउँदै पोखरा कुनै पनि प्रतियोगिता आयोजना गर्न पूर्णरुपमा तयारी छ भन्ने सन्देश दिने गरी कार्य गर्न आग्रह गरे ।   यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबुल टेनिस र बुद्धिचाल प्रतियोगिता हुनेछ । प्रतियोगिताको उद्घाटन जेठ ३० गते पोखरा रंगशालामा हुनेछ ।    

पोखरा:   गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि स्याङ्जाले रक्षा गरेको छ ।   तेस्रो संस्करणको च्याम्पियन स्याङ्जाले तनहुँको भिमादमा शनिबार सम्पन्न भएको चौथो संस्करणमा १० स्वर्ण, ३ रजत र १० कास्यसहित शिर्षस्थानमा रहदैं उपाधि रक्षा गरेको हो ।   यस्तै प्रतियोगितामा कास्कीले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ कास्यपदकसहित तेस्रो स्थान हाँसिल गर्याे ।    प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।   प्रतियोगितामा सर्वोकृष्ट हुने थापामगर र बुढामगर दुवैले प्याट्रन र स्पाइरिङ गरि २/२ स्वर्ण पदक प्राप्त गरे ।      प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा २ दिन चलेको प्रतियोगिताको समापन भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले गरे ।   सो अवसरमा बोल्दै उनले भिमादमा भएको प्रदेशस्तरीय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवा पुगेको धारणा राखे ।   उनले आगामी आर्थिक वर्षमा खेलकुदको विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।    यस्तै नेपाल आइटिएफ तेक्वान्दोका केन्द्रीय महासचिव घम बहादुरथापाले मार्सल आर्ट खेलको विकासका लागि राज्य स्तरबाटै नीति बनाएर लाग्नुपर्ने बताए ।   सो प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य  गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाइरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो ।     यस्तै प्रतियोगितामा महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, निलो र रातो कलर बेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।    नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष तथा तनहुँ जिल्ला अध्यक्ष आकासचन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव प्रतिक घर्तीमगरले गरेका थिए ।   

पोखरा:  पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समिकरण पुरा भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमिफाइनल समिकरण पुरा भएको हो ।   पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई पेनाल्टीमा ४–३ ले स्तब्ध पार्याे। निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल पेनाल्टीमा  धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।   निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ टाइमपछि स्याङजा खेलमा फर्कियो । स्याङजाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।   यता कास्कीले आफ्नो होम ग्राउण्डको फाइदा उठाउँदै नवलपुर विरुद्धको खेल ४–० ले जितेको छ । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुर विरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिए भने अभिषेक थापाले खेलको दोस्रो   हाफमा व्यक्तिगत दुई गोल गरे । उनले ४५ औं र ४८ औं मिनेटमा गोल गरे भने ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे ।   आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।   शनिबार नै सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेल ५–० को गोल अन्तरले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले ह्याट्रिक पुरा मात्रै गरेनन् उनले ४ गोल गरे ।   सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औं मिनेटमा एक गोल गरेका थिए ।   आइतबार सेमीफाइनलका खेलहरु सञ्चालन हुने संघका महासचिव बिनोद गुरुङले जानकारी दिएका छन् । सेमीफाइनल अन्तर्गत म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँ अर्को सेमीफाइनलमा भिड्नेछन् ।   प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।  

पोखरा:   कास्की जिल्ला फुटबलसंघ कास्कीले गण्डकी प्रदेश प्रतियोगिताका लागि टोली घोषणा गरेको छ ।   आज १६ सदस्यीय टोली घोषणा गरेको एन्फा कास्कीका महासचिव बुद्धि बहादुर खत्री क्षेत्रीले जानकारी दिए ।   उनका अनुसार कास्कीको टोलीमा आयुष्मान गुरुङ, आकाश रानाभात, विवेक श्रेष्ठ, योगश गुरुङ, सरोज गुरुङ, रन्दिप पौडेल, राजकुमार कुँवर, विसन गुरुङ अनिश तामाङ, विपुल गौतम, जीवन गुरुङ, अभिषेक थापा, विनय तामाङ, किशोर गुरुङ, निश्चल जिसी र मनोज गुरुङ रहेका छन् ।   उक्त टोलीको मुख्य प्रशिक्षकमा सन्तोष जिसी र व्यवस्थापकमा ओम गुरुङ छन् ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा आजबाट पोखरा रंगशालामा सुरु भएको गण्डकी प्रदेश फुटबल प्रतियोगितामा कास्कीले भने भोलि शनिबार (बिहान १० बजे) नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ ।   उक्त प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।  

पोखरा:   दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै पहिलो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   यही जेठको ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा उक्त प्रतियोगिता आयोजना गरिने सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगितामा पोखरा १५ भित्रका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् ।   उनले प्रतियोगिताको विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन नगद रु ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।   उनले फोनमार्फत(९८०४१९५९७३, ९८०६५२५००४) पनि टिम दर्ता गर्न सकिने बताउदै यही २९ गतेभित्र समय तोकिएको जनाकारी दिए ।   

पोखरा:    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनौट भएका हुन् ।   राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ । एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका छन् ।   छनौट भएका एथलेटिक्स खेलाडीहरुमा राज गुरुङ (लमजुङ), स्पिन पौडेल (पर्वत), गणेश श्रेष्ठ (पर्वत), अभिशेष थनेट (नवलपुर), अंकित रानाभाट (तनहुँ) र सुशन बोटे (नवलपुर) रहेका छन् ।   त्यसै गरी छात्रातर्फ कन्चन भण्डारी (म्याग्दी), सुजाता कुमाल कास्की, जुना सरु मगर (स्याङजा), अञ्जली अधिकारी (कास्की), अनुस्का अधिकारी (कास्की) र आरती बिक (नवलपुर) रहेका छन् ।   बास्केटबल छात्र/छात्रा   राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ १० र छात्रातर्फ १० गरी २० खेलाडी छनौट भएका छन् ।   छनौट भएका छात्रतर्फ हिराजङ घले, अविनाश पुर्जा, सुयोग बाँनिया, रिदम खाँड, प्रशान्त तिमिल्सिना, शौभाग्य पुन, विजन घले, आशिष पुन, सज्जन तिलिजा र लेनिश मल्ल रहेका छन् ।   त्यसै गरी छात्रातर्फ  सरगम केसी, जेनिशा पाण्डे, जेनियम श्रेष्ठ, आवृती बराल, क्यारोल श्रेष्ठ, इशिता श्रेष्ठ, आकृती गुरुङ, रिमा सिञ्जाली मगर, स्नेहा श्रेष्ठ र एलिशा गुरुङ रहेका छन् ।   ब्याडमिन्टन छात्र/छात्रा   प्रतियोगिता अन्तर्गत नै भएको ब्याडमिन्टन छात्र÷छात्रातर्फ ४–४ जना गरी कुल ८ खेलाडी छनौट भएका छन् ।   छात्र व्यामिन्टनतर्फ सफल श्रेष्ठ (तनहुँ), अमृत थापा (कास्की), गेजराज कार्की (कास्की) र नेल्सन गुरुङ (तनहुँ) रहेका छन् भने बैकल्पिक खेलाडीमा सक्षम गुरुङ (लमजुङ) रहेका छन् ।   त्यसै गरी छात्रातर्फ दिलाशा राना (तनहुँ), शेरेन प्रधानाङ्ग (कास्की), खुसी दाहाल (कास्की), समृद्धि श्रेष्ठ (गोरखा) र बैकल्पिक खेलाडीमा प्रतिक्षा शर्मा (कास्की) रहेका छन् ।     बुद्धिचाल छात्र/छात्रा   राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ ४ र छात्रातर्फ ४ गरी कुल ८ खेलाडी छनौट भएका छन् ।   छनौट भएका खेलाडी छात्रतर्फ विद्यान श्रेष्ठ (स्याङजा), सवृश श्रेष्ठ (तनहुँ), खुसीराज सिउथाना (कास्की) र कुशल रम्तेल (गोरखा) रहेका छन् भने छात्रातर्फ खसी आचार्य (कास्की), उज्विनी कँडेल (नवलपुर), आयूषा क्षेत्री (स्याङजा) र विनिता गुरुङ (कास्की) रहेका छन् । सम्पन्न विभिन्न प्रतियोगिताका बिजेता खेलाडीहरुलाई परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य केशव पाठक, विनय थापालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   प्रतियोगिता सम्पन्न गर्न परिषदले विभिन्न ६ खेलका खेल संघहरुलाई व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।   छनौट खेलमा ४ सय १६ खेलाडी र टिम प्रशिक्षक हरु गरी ४ सय ८७ जनाको सहभागिता रहेको थियो ।   पहिलो पटक आयोजना हुन लागेको विद्यालय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिशरमा नै सञ्चालन हुनेछन् । यू–१५ विद्यालय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६ सय ३० जनाको सहभागिता हुनेछ ।

काठमाडौं:    फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ । घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २–२ गोल गर्‍यो । नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो । युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २(० को अग्रता दिलाएका थिए । उनले खेलको १२औं मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हेड मार्फत पहिलो गोल गरेका थिए । यस्तै १४औं मिनेटमा अली सालेह अमरोले मिलाएको पासलाई अबदलल्ले बक्स भित्र कन्ट्रोल गर्दै एक खेलाडीलाई छलाउँदै दोस्रो गोल गरे । पहिलो हाफमा नेपालले पनि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर नेपाल अभागी बन्यो । ३७औं मिनेटमा नेपालले दुई राम्रो अवसर गुमायो । सनिश श्रेष्ठको क्रसमा विशाल बस्नेतले बक्स भित्रबाट गरेको हेडर पोष्टमा लागेर पर्कियो । रिबाउण्डमा सन्जिव विष्टले हानेको प्रहार पनि बारमा लागेर पर्कियो । त्यसअघि जिलेस्पी जंग कार्कीले ३६औं मिनेट सनिशको क्रसमा हानेको प्रहार पोष्टको दिशा लिन सकेन । दोस्रो हाफमा युएईले दुई गोल थप्यो । अली सालेहले ५३औं र हाजेन मोहमम्दले ७५औं मिनेटमा गोल गरे । २१औं मिनेटमा प्रशिक्षक भिन्सेन्जो एनेसले डेब्युटान्ट बसन्त जिम्बा र सौभागेय राईको स्थानमा छिरिङ लामा र सनिश श्रेष्ठलाई मैदान प्रवेश गराएपछि नेपालले केही सुधारिएको प्रदर्शन गरेको थियो । एनेसले पहिलो पटक राष्ट्रिय टिममा परेका बसन्त जिम्बालाई सुरुवाती रोजाईँमा खेलाउँदै डेब्युको अवसर दिएका थिए । तर उनी धेरै समय टिक्न सकेनन् । नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ । पाँच खेल हारेको नेपाल अन्तिम खेलमा गोल गर्ने र अंक जोड्ने लक्ष्यमा हुनेछ ।

काठमाडौं:    आईसीसी टी–२० विश्वकप २०२४ को समूह चरणमा बिहीबार अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए । १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए । अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे । गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए । स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन । शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए । अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।