काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ ।   शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...

पोखरा:    आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो ।  स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा प्रतियोगिता हुनेछ ।  प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८ हजार र ४ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तृतीय हुने दुई जनाले २÷२ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । पोखरा रंगशालास्थित कोर्टमा गएर वा स्क्वास राकेट एसोसिएसन कास्कीको फेसबुक पेजमा गएर त्यहाँ राखिएको लिंकमार्फत गुगल फारम भर्न सकिने एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए । आगामी १६ फागुनसम्म फारम भर्न सकिने छ । प्रतियोगितामा चार वटा विधामा ७० जना खेलाडी सहभागी हुने अनुमान छ ।  के हो स्क्वास ? स्क्वास इन्डोर गेम हो । यसमा ¥याकेटको सहायताले रबर बललाई अगाडिको भित्तामा हानिन्छ । शारीरिक सक्रियता बढी हुने भएकाले यो खेल २० मिनेट खेल्नु र एक घण्टा दौडनु बराबर भएको मानिन्छ ।  सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रिएको थियो । बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारीशमशेर राणाले यो खेल नेपाल भित्र्याएका थिए । सन् १९८८ मा नेपाल स्क्वास तथा ¥याकेट संघ राखेपमा दर्ता भएको थियो । राखेपबाट राष्ट्रिय संघको मान्यता पाए पनि स्थापना भएको ३४ वर्ष बित्दा समेत यो खेल नेपालमा अन्य ¥याकेट खेलसरह स्थापित हुन सकेको छैन ।  पोखरामा पनि स्क्वास खेल्न रंगशालाभित्र दुई वटा कोर्ट छन् । यो खेललाई चिनाउन प्रतियोगितापछि विद्यार्थीसम्म पुग्ने र खेलाडी उत्पादनमा जोड दिने अध्यक्ष पालिखेले बताए ।   

पोखरा:     स्याङ्जाको चापाकोटमा सम्पन्न भएको स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ च्याम्पियन भएको छ ।  बागलुङले स्याङ्जालाई फाइनल खेलमा ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । बागलुङले स्याङ्जालाई २५–२७, २५–२०, २५–२१ र २५–२१ ले पराजित गरेको हो ।  च्याम्पियन भएको बागलुङले विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै तेस्रो स्थान लागि भएको खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।  पर्वतले नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ ले पराजित ग¥यो । तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  यस्तै स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुने संयोजक राजन दर्लामीले जानकारी दिए ।  स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको थियो ।  चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।  स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए ।  उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।   

पोखरा:     स्याङ्जाको चापाकोटमा जारी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत तेस्रो भएको छ ।  आइतबार सम्पन्न भएको तेस्रो स्थानको खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।  पर्वतले नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ ले पराजित ग¥यो । तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  यस्तै स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुने संयोजक राजन दर्लामीले जानकारी दिए ।  स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ ।  चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।  स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए ।  उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ ।   

काठमाडौं:     नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक(एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानोनसँग खेल्नेछ । यस्तै नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइन यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । त्यसैले यो खेल समूह विजेताको बन्नको लागि थियो ।   खेलको सुरुवात देखि नै नेपालले ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको लामो पासमा सावित्राले गोल गरेकी हुन् । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्रा भण्डारीले बक्स भित्र बाट हानेको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले रिबाउन्डमा गोल गरिन् । त्यसपछि सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । उनले रश्मि कुमारी घिसिङको पासलाई सदुपयोग गर्दै गोल गरिन् । जारी प्रतियोगितामा सावित्राको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । अघिल्लो खेलमा इराक विरुद्ध ५ गोल गर्दै नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेकी सावित्राले यो दुई गोल पछि नेपालका लागि गोल संख्या ५२ पुर्‍याएकी छन् । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले तथा दोस्रो खेलमा इराकलाई ५–० ले पारजित गरेको थियो । इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो र सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् । नेपालले अब मंगबलार हुने दोस्रो सेमिफाइनलमा लेवानोनसँग खेल्नेछ । त्यसअघि मंगलबारै जोर्डन र प्यालेस्टाइनबीच पहिलो सेमिफाइनल हुनेछ ।

पोखरा:     स्याङ्जाको चापाकोटमा जारी प्रथम स्वर्गीय सन्तोष थापामगर स्मृति भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जा भिड्ने भएका छन् ।  शनिबार सम्पन्न दुई सेमिफाइनल खेल जित्दै बागलुङ र स्याङ्जाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।  चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित ग¥यो । बागलुङले पर्वतलाई २५–२१, २५–१८, २०–२५ र २५–१६ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  यस्तै पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।  स्याङ्जाले नवलपुरलाई १९–२५, १९ २५, २५–१५, २५– १९ र १५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले तेस्रो, चौथो र पाँचौ सेटमा उत्कृष्ट पूनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।   गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ ।  ७ समूहलाई २ समूहमा विभाजन गरिएको खेलमा स्याङ्जा समूह ‘ए’को विजेता र पर्वत समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए  । यस्तै समूह ‘बी’बाट बागलुङ समूह विजेता र नवलपुर समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए ।  चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।  स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक राजन दर्लामीले बताए ।  उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।   चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ ।  फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

पोखरा:     जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुर माथि रोमाञ्चक जित निकाल्दै स्वर्गीय सन्तोष थापामगर स्मृति भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।  स्याङ्जाले नवलपुरलाई १९–२५, १९ २५, २५–१५, २५– १९ र १५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले तेस्रो, चौथो र पाँचौ सेटमा उत्कृष्ट पूनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।   दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच प्रतिस्पर्धा हुने भलिबल संयोजक राजन दर्लामी मगरले जानकारी दिए ।  स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ । ७ समूहलाई २ समूहमा विभाजन गरिएको खेलमा स्याङ्जा समूह ‘ए’को विजेता र पर्वत समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए  । यस्तै समूह ‘बी’बाट बागलुङ समूह विजेता र नवलपुर समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए ।    चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।  स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए ।  उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।   चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ ।  फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

काठमाडौं:      साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ । समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ । यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले पराजित गरेको थियो । उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो । प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ । यदि प्यालेस्टाइनसँग पराजित हुँदै समूह उपविजेता बनेमा समूह ए को विजेता जोर्डनको सामना गर्नुपर्नेछ । साविक विजेता जोर्डन समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । २ खेल जितेको लेवानान समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

पोखरा:    पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् ।  पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन् ।  पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । मदरल्यान्डका लागि किरण पौडेलले अविजित ५८ रन बनाए । प्रज्वल बानियाले २७ रनको योगदान दिए । बलिङमा हिमालयनका सफल थापा र नसिर भण्डारीले १–१ विकेट लिए ।  यसअघि पहिला ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । हिमालयनका अभिषेक थापाले ३२ र राजकुमार क्षेत्रीले २१ रनको योगदान दिए । बलिङमा मदरल्यान्डका सन्दीप विकले ४ विकेट लिए । सन्दीप प्लेयर अफ द म्याच चुनिए ।  शुक्रबार नै भएको दोस्रो खेलमा गण्डकीले कास्की मोडनाइजमाथि ९ विकेटको सहज जित निकालेको हो । कास्की मोडनाइजले दिएको ८५ रनको सामान्य लक्ष्य गण्डकीले १० ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका रजत पौडेल १३ र मनोज भण्डारी २८ रनमा अविजित रहे । दिवस पौडेल २२ रनमा आउट भए । मोडनाइजका सोहेल कुँवरले १ विकेट लिए ।  यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्की मोडनाइज १७ ओभर १ बलमा ८४ रनमा समेटिएको थियो । कास्की मोडनाइजका लागि सोहेल कुँवरले ५६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  बलिङमा गण्डकीका समीर पौडेलले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका समीरले १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए ।  प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागि छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।   

पोखरा:    बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ ।  शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले चैत १ गते आयोजना गरिएको साइकल ¥याली, २ गते र ३ गते आयोजना गरिएको गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । चैत २ गते नै पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मेयर धनराज आचार्यले छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् । प्रधानले अहिलेको संकटको समयमा पनि एनसेल, बीवाईडीसहित अन्य निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गर्दै त्यसले नै कार्यक्रम सफल बनाउन आफूहरुले ऊर्जा थपिएको बताएका थिए । उनले वार्षिकरुपमा पोखरामा नै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको पनि बताए । पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताउँदै यस कार्यक्रमलाई महानगरपालिकाको क्यालेन्डरमा राख्नुपर्नेमा जोड दिए । “बाह्रखरी गल्फ र पोखरा महानगरपालिकालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम सँगसँगै हुने देखिएको छ । पर्यटनको प्रवर्धन खेलको माध्यमबाट गर्न सकिने कुरो हो,” मेयर आचार्यले भने, “खेलमध्येको पनि अझ परिस्कृत खेल गल्फबाट पर्यटनको प्रवर्धन हुने र यसले दिने आर्थिक सर्कुलेसन सबै ठाउँमा पुग्छ । यसको माध्यमबाट हाम्रो सहरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पूर्याउन महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ । यो खेललाई  हामीले हाम्रो क्यालेन्डरमा समावेश गर्न सक्यौँ भने सबैका लागि राम्रो बन्नेछ । यसका लागि हामीले गर्न पर्ने स्थानीय व्यवस्थापनमा महानगर तयार छ ।”  त्यसैगरी गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि प्रतियोगिता गर्न आग्रह गरेका थिए । उनले गण्डकी प्रदेशमा भएका सम्भावना र अवसरका बारेमा पनि विदेशी राजदूत र विकास साझेदार संस्थालाई जानकारी गराउने अवसर बाह्रखरीले जुटाइदिएको भन्दै खुसी व्यक्त गरे । त्यसैगरी गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले शुभकामना व्यक्त गर्दै पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुना रहेको उल्लेख गर्दै त्यहाँ केही पूर्वाधारको अभाव भएको हुनाले स्थानीय सरकार र व्यवसायीले ध्यान दिनुपर्ने बताए । उनले सात वर्षदेखि गल्फलाई निरन्तरता दिएको भन्दै बाह्रखरीलाई धन्यवाद व्यक्त गरेका थिए । “पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुनामध्येको पर्छ तर पूर्वाधारमा केही ध्यान पु¥याउनुपर्नेछ,” उनले भने, “एकजना गल्फर खेल्न बाहिर निस्किएपछि तीनवटा कोर्समा खेल्न मन पराउँछ त्यसैले यसको विकासका लागि मुस्ताङमा रहेको कोर्सलाई पनि सँगसँगै अघि बढाउनुपर्छ ।” उनले कुनै पनि कार्यक्रम आयोजना गर्नु आफैंमा महत्त्वपूर्ण काम भए पनि निरन्तरता दिन सक्नु झनै राम्रो भएको बताए । गोकर्ण गल्फ क्लबका निर्देशक तथा नेपाल गल्फ एसोसियसनका महासचिव दीपक आचार्यले राज्यको अर्थतन्त्र र गल्फ क्षेत्रलाई चलायमान बनाउन बाह्रखरीले कार्य गरिरहेको आभार व्यक्त गरे । “गत वर्ष पनि मैले भनेको थिएँ, धेरै चिजहरुको सुरुआत नेपालमा हुन्छन् तर, त्यसको निरन्तरता हुँदैनन्,” आचार्यले भने, “तर, बाह्रखरी मिडियाले २०१८ बाट यो गल्फलाई निरन्तरतामात्र नभई कसरी थप उर्जा दिन सकिन्छ भन्दै वर्षैपिच्छे यसलाई सुधार गरि राज्यलाई कसरी योगदान दिन सकिन्छ भनेर गरेको प्रयास म नेपाल गल्फ संघको पनि महासचिव भएको नाताले बाह्रखरीलाई धेरै धेरै बधाई दिन चाहन्छु । यसपाली पनि बाह्रखरीले गल्फ एन्ड वियोन्ड भनेर राज्यको अर्थतन्त्रलाई र गल्फ क्षेत्रलाई चलायमान बनाउन उहाँहरु तल्लिन हुनुहुन्छ । यसको लागि हामी आभारी छौँ ।” युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले बाह्रखरी गल्फ पोखरामा हुनु गर्वको कुरा भएको बताए । “बाह्रखरी गल्फको नाम नै परिचित बनिसकेको छ । यो प्रतियोगितालाई पोखराको क्यालेन्डरमा समावेश गर्न सकिए यसले हाम्रो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन अझ सहयोग गर्ने छ,” उनले भने, “यस प्रकारको कार्यक्रममा हामीलाई पनि सहयोगी बनाउनुभएको बाह्रखरीलाई धेरै धेरै धन्यवाद । बाह्रखरी यहाँ हुन पोखराको गर्वको कुरा हो । यसलाई पोखरामै गराउने प्रयास जारी नै राख्नेछौँ । यसका लागि सम्पूर्णमा साथ र सहयोगको आग्रह गर्दछु ।” पोखरा पयर्टन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमै स्थापित भइसकेकाले बाह्रखरी गल्फ पयर्टन प्रवर्धनका लागि महत्वपूर्ण हुने बताए ।  “पोखरा पर्यटन परिषदको अनुरोधलाई स्वीकार गरेर यो भव्य कार्यक्रम आयोजना गर्न लाग्नुभएकोमा बाह्रखरी मिडियालाई धन्यवाद,” श्रेष्ठले भने, “प्रकृतिको सालिनतासँगै खेलिने गल्फको नेपालजस्तो भु–बनोट भएको देशमा धेरै सम्भावना छ । गल्फले पोखरामा पयर्टन भित्र्याउने ठूलो सम्भावना बोकेको छ । अन्तर्राष्ट्रिय स्तरमै ब्रान्डको रुपमा स्थापित भइसकेको प्रतियोगिता बाह्रखरी गल्फ पर्यटन प्रवर्धनका लागि अत्यत्नै महत्वपूर्ण छ ।” विकाश तथा सुशासन विज्ञ रमेश अधिकारीले बाह्रखरी गल्फ एन्ड वियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय तहले फाइदा लिन सक्ने बताए । “बाह्रखरी गल्फको सहयोगीको रुपमा सँगै यात्रा गर्न पाउँदा निकै खुसी छु । यसपटक गल्फ एन्ड बियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय क्षेत्रले धेरै फाइदा लिन सक्नेछन् भन्ने आशा लिएको छु । बाह्रखरीलाई कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्न चाहन्छु,” अधिकारीले भने । हिमालयन गल्फ कोर्सका अध्यक्ष किरण केसीले पोखरामा प्रशस्तै सम्भावना रहेको भए पनि पूर्वाधारमा अझै जोड दिनुपर्ने बताए । उनले ९० को दशकमा जस्तै पर्यटक आकर्षकका लागि विभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताए । उनले कोर्सलाई जोगाएर राख्न महंगो भएता पनि आफूहरुले त्यो काम गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधारमा ध्यान दिए अझ अघि बढ्न सकिने बताए । एनसेल कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले विगत पाँच वर्षदेखि बाह्रखरीसँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “पाँच वर्षदेखि बाह्रखरी गल्फसँग जोडिन पाएकोमा खुसी छौँ, आगामी दिनमा पनि निरन्तरता दिने कोसिस अवश्य गर्नेछौँ ।” साइमेक्स नेपाल (बीवाईडी)का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अघिल्लोपटक आयोजना भएको प्रतियोगिताबाटै आफूहरु पनि यो कार्यक्रममा जोडिन पाए हुन्थ्यो भन्ने लागेको बताउँदै अहिले यस कर्पोरेट गल्फसँग जोडिदा खुसी लागेको बताइन् । “हामी पनि ग्रीन इनर्जीमा काम गरिरहेका छौँ,” उनले भनिन्, “पोखरालाई ग्रीन सिटीका लागि अघि बढाउने प्रयास हामी सबैले गरौँ । यसले टुरिजमका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।” युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले सफलताको शुभकामना व्यक्त गर्दै आफूहरु पनि जोडिएर कार्यक्रम गर्न लागेको जानकारी गराएका थिए । उनले युवा उद्यमीसँग युवा नेतृत्वको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले पोखराले दिएको मायाले नै दोहो¥याएर कार्यक्रम गर्न लागिएको बताएका थिए । उनले आगामी दिनमा पनि पोखरामै कार्यक्रम गर्न सकेमा पर्यटन प्रवर्धन गर्न सकिने बताए ।