कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

काठमाडौं:   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताका विषयमा भ्रम फैलाइएको भन्दै वास्तविकता सर्वजनिक गरेका छन् ।   सिरोहियालाई संकटकालको समयमा जसरी जेठ ९ गते कान्तिपु मिडिया ग्रुपको कार्यालयबाट कथित नागरिकता विषय नामक अभियोग लगाएर गिरफ्तार गरिएको थियो ।   सिरोहियालाई जेठ ११ गते धनुषा जिल्ला अदालतले थप तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।   ४ दिनसम्म थुनामा रहंदा सिरोहियाको स्वास्थ्यमा गम्भीर अवस्था देखिएका कारण ११ गते राती उनलाई अस्पताल भर्ना गरिएको छ । सिरोहियालाई पुनः भोलि सोमबार अदालतमा उपस्थित गराउने बताइएको छ ।   यस्तो छ, सिरोहियाले जारी गरेको वक्तव्य -कैलाश सिरोहियाको नागरिकतामाथि उठेको प्रश्न र वास्तविकता   मेरा पिता २००९ देखिनै जनकपुर उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्थ्यो, निरन्तर २०३४ सम्म यो पदमा हुनु हुन्थ्यो।   पिताजीले २०१८ सालमा नागरिकता प्राप्त गर्नु भएको हो । त्योबेला नागरिकताको प्रकार तोकिएका थिएनन्।   म २०१९ मंसिर २९मा जन्मिएको हुँ । नागरिक बुबाको छोरा बंशजको नागरिक हुने नेपालकोकानुन हो । तर मेरा दाजुहरु पिताजीले नागरिकता प्राप्त गर्नु अघि जन्मिएकाले उनीहरुको नागरिकताको प्रकार फरक भएको हो।   २०३३/३४मा नागरिकता वितरण टोलि आएको थियो, टोलीले बालिगलाई नागरिकता दियो भने नाबालिगको पनि बिवरण संकलन ग¥यो । अहिले मेरो नागरिकताको प्रमाणपत्रमा पनि २०३३÷३४को अभिलेख अनुसार भनेर लेखिएको छ ।   मैले २०३६ भदौ २५मा नागरिकता प्राप्त गरेको हुँ । नागरिकतामा ३९६९८८८६ नम्बरको नागरिकता लिएको हुँ । त्यही नम्बरको नागरिकता अरु कसैको नाममा जारी भएको छ भने त्यो सरकारी कार्यालयको कमजोरी हो।     मैले २०५७ असोजमा नागरिताको प्रतिलिपि लिएको हुँ । आवश्यक विवरण फाँटवाला भर्ने कर्मचारीले पहिलेजस्तै उमेर १८ वर्ष लेखेका छन् । तर, नागरिकता प्रमाणित गर्ने अधिकारीले कोष्टभित्र (२०१९।८।२९) लेखेका छन् ।   थपिएको अक्षरमा हस्ताक्षरले बन्द गरेका छन् । हस्ताक्षर गर्ने तत्कालिन प्रशासकिय अधिकृतले उक्त हस्ताक्षर मेरो हो भनेर प्रष्ट पारि सक्नु भएको छ । गृह मन्त्रालयको अधिकारीको रुपमा भर्खरै अवकाश पाएका उनलको फोन नम्बर ९८५११९८३९६ हो । यसलाई किर्ते भनेर बदनाम गरिएकोछ, धरपकड गरिएकोछ । योप्रतिशोध हो।   मेरो नागरिकताको अभिलेख सरकारी अभिलेख (ढड्डा) माभेटिएको छैन भनिए को छ । मैले २०३६ मा नागरिकता लिएपछि त्यसैका आधारमा राहदानी, राष्ट्रिय परिचयपत्र, मतादाता परिचयपत्र, चालक अनुमतिपत्र लगायतका प्रमाणपत्र प्राप्त गरेकाछु ।   अझ मैले राष्ट्रिय परिचयपत्र बनाउन राष्ट्रिय परिचयपत्रको कार्यालय काठमाडौंमा निवेदन दिएपछि सोकार्यालयलेमेरोनाम, जन्मस्थान, जन्म मिति, नागरिकता नम्बर, पारिवारिक विवरण लगायतका अभिलेखबारे जानकारी लिन सात बुँदे जानकारी मागेको थियो।   जिल्ला प्रशासन कार्यालय धनुषालेयी सबैविवरण दुरुस्त रहेकोभन्दैजवाफ पठाएपछि मैले २०७९ फागुन १५मा राष्ट्रिय परिचयपत्र पाएको हुँ । १५ महिनाअघिसम्म मेरो सम्पूर्ण अभिलेख धुनषा जिल्ला प्रशासन कार्यालयमा थियो र अहिले हराएको छ भने कस्कोस्वार्थमा यो बदमासी भएको हो ?   कसैको प्रतिशोध लिन राज्यका कुनै अधिकारीलेनै अभिलेखमा क्षति पु¥याउँछ भने त्यो गम्भीर कानुनी प्रश्न हो।

काठमाडौं:   नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका(४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् ।   सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो ।   इच्छामनकामना गाउँपालिका-५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं। पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।   पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।    

गोरखा:     नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको मागलगायतका विषयमा छलफल हुनेछ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए । सम्मेलनको उद्घाटनपूर्व झाकी र्‍याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको र्‍याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैं कार्यक्रम स्थल (गोरखा संग्रहालय परिसर) पुगेको हो । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ ।    बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो ।   गुरुङ लामा बौद्ध एसोसिएसनका अध्यक्ष खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गरे ।    उक्त ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।    गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारप्रसार हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको तर्क छ । ‘यसको निर्माणपचि नगरको प्रचारप्रसार र धार्मिक गतिविधि बढेने विश्वास लिएका छौ, उनले भने, ‘त्यसैले गौतम बुद्ध सबैको साझा भएकाले उहाँको मुर्ति निर्माण गर्न लागेका हौं ।’ अध्यक्ष गुरुङका अनुसार बुद्ध मूर्ति निर्माणका लागि करिब १ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । उनले उक्त मुर्ति चन्दा संकलन गरेर निर्माण गरिने जानकारी दिए ।    एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।    साे  ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको संरक्षणका साथै थप प्रवर्द्धन हुने सुनाए ।    प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ ।    पृथ्वीराजमार्गको लेखनाथ तथा म्याग्देबाट देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ ।   

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ ।   पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।”   मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन ।त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।   स्थानीय तह वडाका टोलटोलमा समस्या समाधान गर्न र सहजीकरणका लागि संयन्नत्रका रुपमा मेलमिलापकर्ताहरुको व्यवस्था गरेको बताउदै राज्यले मेलमिलापकर्तालाई गर्नुपर्ने सहयोग र सपोर्ट गर्न नसकिएको बताउदै त्यसका लागि न्यायिक समितिसंग छलफल गरेर मिल्ने सहयोग गर्नेर्छौ मेयर आचार्यले बताउनुुभयो ।   पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताउनुुभयो ।   “ मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सृजना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुने गर्दछ ।”   उहाँले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव नभएको बताउदै तालिमले विवाद समाधानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।   न्यायिक समिति सदस्य कालिदास पोखरेलले मेलमिलापकर्तालाई सहज हुने बताए । तीन सम्म चल्ने तालिममा पोखरा महानगर १९ देखि ३३ नम्बर वडाका मेलमिलापकर्ताको सहभागिता रहेको छ ।

पोखरा:    नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ ।    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।   पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।    पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।   यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र बास्तोला सदस्य थिए ।    आर्थिक पत्रकारिता पुरस्कारका लागि छनोट भएका पत्रकार श्रीराम सिग्देललाई नगद २० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् । नवराज सुवेदी संयोजक, टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ सदस्य रहेको छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।    २०५४ सालमा आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल अहिले फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमको सहसम्पादक छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष सिग्देल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवको जिम्मेवारीमा छन् ।    उनीहरुलाई जेठ १२ गते नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा नेपालका संस्थापक राष्ट्रपति रामवरण यादवको उपस्थितीमा सम्मान गरिने नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।   

काठमाडौं: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गिरफ्तारी दिएका छन् ।   सिरोहियालाई थापाथलीस्थित मुख्यालयमा नै  प्रहरी लिन पुगकाे थियाे ।   नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न  उनको कार्यकक्षमै पुगेकाे थियाे ।   अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्को टोली थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिएको हो।   कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताको विपरीत भएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायत ​ सरोकारवाला पक्षहरूले बताएका छन्।    

चितवन:  कुरिनटारमा माइक्रोबसले ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किँदा १३ जना घाइते भएका छन् ।   मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ६४१७ नम्बरको टिप्पर पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।   घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ ।   घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।     

गण्डकी:    सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक  उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहेका छन् । गलकोट नगरपालिका–१० पाण्डवखानीका उनले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उनलाई गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्मान पनि गर्यो । मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन् । करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुसी छन् । भाडाको सवारीसाधनमा महँगो शुल्क तिरेर अस्पताल जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ । उनले हरेक सोमबार बिहान ९ देखि दिउसो ४ बजेसम्म निःशुल्क ट्याक्सी सेवा सञ्चालन गर्दै आएका छन् । “नगर अस्पताल जाने बरामी, उनीहरूका सहयोगी र भेट्न जाने आफन्तलाई निःशुल्क सेवा दिने गरेको छु”, उनले भने, “सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढोस् भनेर मैले साताको एक दिन ट्याक्सी सेवालाई निःशुल्क बनाउने निर्णय गरेको हुँ ।”  गत एक वर्षमा झण्डै चार हजार बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा प्रदान गरेको मगरले बताए । “कोहीले धेरैपटक सेवा लिनुभएको हुनुसक्छ, अस्पताल ल्याउने र लैजाने गर्दा सङ्ख्यात्मक रूपमा झण्डै चार हजारलाई निःशुल्क सेवा दिएको मेरो आकलन छ”, मगरले भने, “यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छु ।” साताको छ दिन कमाइ गर्ने र एक दिन सेवामा समर्पित हुने सोचअनुसार बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिइरहेको मगरले बताए । उनी आफैँ ट्याक्सी व्यवसायी र चालक हुन् । उनले एकैदिनमा कम्तीमा ४० देखि ८० जनासम्मलाई निःशुल्क सेवा दिएको बताए । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मानवीय सेवाप्रति मगरले देखाएको सर्मपण भाव प्रशंसनीय रहेको बताए । “उहाँको सेवाबाट सर्वसाधारण बिरामीलाई राहत मिलेको छ, उहाँको योगदान कदरयोग्य छ”, प्रमुख गैरेले भने, “सडक स्तरीय बनाउने काम भइरहेकाले अस्पतालसम्मको आउजाउ अझै सहज हुन्छ ।” स्वास्थ्यचौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरेपछि सेवाको गुणस्तर थपिएको र अस्पतालप्रति जनविश्वास पनि बढेको उनले बताए । यसअघि नगरपालिकाले स्थापना दिवसमा समाजसेवीका रूपमा मगरलाई सम्मान गरेको थियो । नेपाल मगर सङ्घ गलकोट नगर समितिद्वारा पनि उनी सम्मानित भइसकेका छन् । “सम्मान र हौसलाले सामाजिक सेवाप्रति थप क्रियाशील हुने प्रेरणा मिलेको छ”, उनले भने, “बिरामीले प्रकट गर्ने सम्मानजनक व्यवहार र आर्शीवचनले त झनै मनमा खुसी मिल्छ ।”